काठमाडौं–प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने दाबी गरेका छन्। उनले संविधान संशोधन प्रस्ताव दर्ता भएलगत्तै ५ नम्बर प्रदेशका जनताहरु आन्दोलनमा उत्रिएको बताउँदै भने, ‘५ नम्बर प्रदेशका जनताहरुमा छुट्टिएर बस्नुपर्छ भन्ने भावना छैन, अहिले त्यहाँका जनताहरु आमहड्तालमा उत्रिएका छन्।’
बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा नेता भण्डारीले ५ नम्बर प्रदेशमा कुनै विवाद नै नभएको ठाउँमा विवाद र द्वन्द्व उत्पन्न गराउने गरी प्रस्ताव आएको भन्दै त्यसका विरुद्धमा जनता स्वतस्र्फुत सडकमा उत्रिएकोले यो प्रस्ताव कुनै हालतमा पारित हुन नसक्ने जिकिर गरे । ‘अरु विवाद रहेको प्रदेशको समाधान आयोगलाई जिम्मा दिने भन्ने कुरा आएको छ, यसभित्र गन्ध छ,’ उनले भने।
उनले विभिन्न संघर्षबाट प्राप्त भएका उपलब्धि संस्थागत गर्न नसकेको र अहिलेको व्यवस्था चलाउन नजानेको भन्दै अब हरेक कुराहरुको छिनोफानो जनमतसंग्रह गर्नुपर्ने माग गरे।
प्रकाशित: १५ मंसिर २०७३ ०९:५८ बुधबार