४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नीति तथा कार्यक्रमसहित दुई विधेयक पारित

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थानीय तह र प्रदेशबीच बलियो सम्बन्ध र सहकार्य भएमात्रै प्रदेशको विकास र समृद्धिको आकाँक्षा पुरा हुने बताएका छन्।

नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।  बुधबारको प्रदेशसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित होस् भनी मुख्यमन्त्री शेरधन राईले राखेको प्रस्ताव बहुमतले पारित भएको प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए।

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम विहिबार सर्वसम्मत पारित भएको छ। प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए।

गण्डकी विकास बैंकको बोनस पारित

गण्डकी विकास बैंक लिमिटेडको १९.३१०६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार बसेको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।बैंकले आर्थिक वर्ष ०७३-७४ सम्मको सञ्चित नाफाबाट उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित हुँदै

आइतबार विहान ११ बजे बस्ने राष्ट्रियसभा बैठकले राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित गर्ने भएको छ।

प्रदेश ३ को नीति तथा कार्यक्रम पारित

प्रदेश नम्बर ३ को आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १८ गते प्रस्तुत भएको नीति तथा कार्यक्रम विहीबार बसेको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको हो।

‘संसद सञ्चालन नियमावली शुक्रबार पारित हुने’

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ्ले प्रतिनिधि सभा सञ्चालन नियमावली यही शुक्रबार संसदको बैठकबाट पारित हुने स्पष्ट पारेका छन्।

विनियोजन विधेयक पारित : प्राथमिकतामा भौतिक पूर्वाधार

कर्णाली प्रदेशसभाले ‘विनियोजन विधेयक–२०५७’ पारित गरेको छ। तीन दिनसम्मको छलफलपछि संसदले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको विधेयक पारित गरेको हो। विनियोजन विधेयकमा भौतिक पूर्वाधार निर्माणलाई जोड दिइने उल्लेख छ।

नीति तथा कार्यक्रम पारित

सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५/७६ को नीति तथा कार्यक्रम पारित भएको छ। विपक्षी नेपाली कांग्रेस सहितका दलले हालेको संशोधन प्रस्ताव फिर्ता लिएनन्।

स्थानीय सरकारद्वारा धमाधम विधेयक पारित

स्थानीयतहरूले धमाधम विधेयक पारित गर्न थालेका छन्। स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा ६ वटा स्थानीयतहमध्ये २ वटा स्थानीय तहले मात्र विभिन्न विधेयक पारित गरेका हुन्।

प्रदेश सभा सञ्चालन कार्यविधि नियमावली पारित गर्दै सकियाे पहिलो अधिवेशन

प्रदेश नम्बर २ को पहिलो अधिवेशन अन्त्य भएको छ । बिहीबार २५औं बैठक सञ्चालन गर्दै सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको पत्र वाचन गर्दै जेठ ४ गते राति १२ बजेदेखि लागू हुनेगरी चालू अधिवेशन अन्त्य भएको जानकारी गराए ।

प्रदेश ३ : मन्त्रिपरिषद् बैठकद्वारा प्रशासन सुधार कार्यविधि पारित

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५-७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ।

विनियोजित बजेटको सैद्धान्तिक पक्षको कार्यविधि पारित

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ।

प्रदेश ४ को पहिलो अधिवेशन सकियो, ८ विधेयक पारित

तीन महिनासम्म चलेको प्रदेश नं. ४ को हिउँदे अधिवेशन सोमबारदेखि सकिएको छ। सोमबार स्थानीय तहको सभासञ्चालन सम्बन्धि कार्यविधी विधेयक पारितसँगै सभामुख नेत्रनाथ अधिकारीले हिउँदे अधिवेशन सकिएको जानकारी सभामा गराएका थिए। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले पठाएको पत्र पढेर अधिवेशन अन्त्यको घोषणा गरिएको थियो।

प्रदेश ५ मा विधेयक पारित

प्रदेश नं ५ को प्रदेशसभाले आज सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्