४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय सरकारद्वारा धमाधम विधेयक पारित

तेह्रथुम – स्थानीयतहरूले धमाधम विधेयक पारित गर्न थालेका छन्। स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा ६ वटा स्थानीयतहमध्ये २ वटा स्थानीय तहले मात्र विभिन्न विधेयक पारित गरेका हुन्।

हालै आठराई गाउँपालिकामा सम्पन्न भेलाले ४ वटा विधेयक पारित गरेको हो। गाउँपालिकाले आधारभुत तथा माध्यमिक शिक्षा विधेयक २०७४, महिला क्षमता विकास कार्यक्रम खर्च कार्यविधी २०७४, आकस्मिक कोष व्यबस्थापन, खोजी, उद्धार, राहत तथा पुर्नस्थापना खर्च कार्यविधी २०७४, युवा क्षमता विकास कार्यक्रम खर्च कार्यविधी २०७४, पारित गरेको गाउँपालिकाले जनाएको छ।

यस्तै छथर गाउँपालिकाले पनि ११ वटा विधेयक पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए। उनका अनुसार प्रशासनीक, प्राविधिक कर्मचारी व्यबस्थापन, स्थानीय राजपत्र प्रकाशन, आधार तथा माध्यमिक शिक्षा व्यबस्थापन, पूर्वाधार व्यबस्थापन, एम.एम रेडियो व्यबस्थापन, बजार अनुगमन र कृषि व्यबस्थापन प्रबद्र्धन, सहकारी पदाधिकारी आचारसंहिता, आर्थिक विनियोजन, ‘घ’ वर्गको निर्माण व्यबसाय ईजाजत, न्यायिक समिति उजुरी तथा कारबाही लगायतका विधेयक पारित गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए।

स्थानीयतहमध्ये अब दुई नगरपालिका म्याङलुङ नगरपालिका र लालीगुराँस नगरपालिका र फेदाप गाउँपालिका र मेन्छ्यायेम गाउँपालिकाले विधेयक पारित गर्न बाँकी रहेको छ। ढिलोमात्र विधेयक पारित हुँदा कार्य सम्पादनमा समस्या हुने गरेको जनप्रतिनिधीहरूले गुनासो गरेका छन्।

प्रकाशित: ४ जेष्ठ २०७५ १०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App