४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वाग्मतीसहित चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, कस्ताे रहला दिउँसाेकाे माैसम?

हाल देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

गण्डकी प्रदेशमा बाह्रैमास डेंगी संक्रमण

गण्डकी प्रदेशमा गत वैशाख यतामात्र १९३ जनामा डेंगी संक्रमण पुष्टि भईसकेको छ। ती मध्ये एकजनाले तनहुँमा यो संक्रमणबाट ज्यान गुमाइसकेका छन्। चिकित्सकले आगामि केही महिना यो संक्रमण अझै तिब्र बढ्ने आँकलन गरिसकेका छन्। डेंगी संक्रमणको ‘पीक सिजन’ नै साउनदेखि कात्तिकसम्म रहेको उनीहरुको भनाई छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। वर्षायाम लागेपछि डेंगी संक्रमण तिब्र रुपमा बढ्ने चिकित्सकले बताएपनि गण्डकी प्रदेशमा भने बाह्रैमहिना जसो संक्रमण हुने गरेको उनीहरुको भनाई छ।

गण्डकी प्रदेशः फेरि सुरु भयो डेंगी संक्रमण

योपटक पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण सुरु भएको छ। प्रदेशका कास्की, म्याग्दी, लम्जुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा डेंगीका बिरामी फेला परेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो।

गण्डकी प्रदेशसभा : विषयगत समितिको बाटो खुल्यो

गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि विषयगत समिति गठनको बाटो खुलेको छ।प्रदेशसभा बैठकबाट प्रदेशसभा नियमावली पारित भएसँगै विषयगत समिति गठनको तयारी अगाडि बढेको हो।

संक्रामक तथा सरुवा रोग अस्पतालको क्षमता बढाइँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गर्दै अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिएका छन्। नयाँ भवन थपेर अस्पतालको क्षमता बढाउने तयारी छ।

असार सकिनै लाग्यो, रोपाइँ जम्मा ४७ प्रतिशत

असार अन्तिम साता लागिसक्दा पनि धान रोपाइँले गति लिन सकेको छैन। रोपाइँको सुरुवाती समयमा सबैतिर वर्षा भएपछि किसानले धमाधम रोपाइँ सुरु गरेपनि अहिले भने पानी अभाव हुँदा रोपाइँले गति नलिएको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले बताएको छ। कार्यालयका अनुसार अहिलेसम्म प्रदेशमा औषतमा ४७ प्रतिशत मात्र रोपाइँ सकिएको छ। अघिल्लो वर्ष यही समयसम्म ६२ प्रतिशत रोपाइँ सकिएको थियो।

गण्डकी प्रदेशको बजेट पारित

गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ।

गण्डकीका ९९.५ प्रतिशत घरमा विद्युत

गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी घरमा विद्युतिकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन।

इन्टरनेट र फोन महशुल घटाउन मुख्यमन्त्री पाण्डेको सुझाव

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महसुल घटाएर सहजरुपमा स्तरीय सेवा दिन सेवा प्रदायकलाई सुझाव दिएका छन्।

१६ महिनापछि महिला क्रिकेटरलाई नगदसहित सम्मान

सार्वजनिक रुपमा घोषणा गरिएको नगद पुरस्कार झण्डै १६ महिनापछि गण्डकी प्रदेशको यु–१९ महिला क्रिकेटरलाई प्रदान गरिएको छ। गतवर्ष यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको थियो। सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेको थियो।

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्‍यो’

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन्।

सकिँदैछ धान फल्ने खेत

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले गत वर्ष प्रदेशभरिमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेको थियो। तर, जम्मा १ लाख ४ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा मात्र धान खेती भयो। अनुमान गरे भन्दा कम क्षेत्रफलमा धान खेती हुँदा उत्पादनमा पनि असर पर्‍यो।

न्याय मर्न दिनु हुँदैन: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरूले न्याय सम्पादन निष्पक्ष गरिदिएमा न्याय मर्न नपाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्