८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

मुख्यमन्त्रीहरुको प्रश्न : संविधानको अधिकार लिन पनि लड्नु पर्ने ?

प्रदेश सरकार स्थापना भएपछि पहिलोपटक मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन्। संघ र प्रदेशको बिचमा देखिएको अधिकार प्रत्यायोजनको टकरावका बिच मुख्यमन्त्रीहरु गण्डकी प्रदेशमा भेला भएका हुन्। प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषदमा सातै प्रदेशका मुख्यमन्त्री र संघीय सरकारका गृहमन्त्री र अर्थमन्त्री सदस्य रहने संवैधानिक व्यवस्था छ।

सातै प्रदेशका मुख्यमन्त्री पोखरामा

सातै प्रदेशका मुख्यमन्त्रीहरुको प्रथम भेला गण्डकी प्रदेश राजधानी पोखरामा चलिरहेको छ। अन्तर परिषद समन्वय परिषदको बैठकको पूर्वसन्ध्यामा परिषदमा रहने सदस्यहरु पोखरामा भेला भएका हुन्। कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको अध्यक्षतामा चलिरहेको छ।

बामदेवको लागि सुरक्षित क्षेत्र बनाएर फर्किए पर्यटन राज्यमन्त्री बुढा

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा गृह जिल्ला डोल्पामा नेकपा नेता बामदेव गौतमको लागि सुरक्षित निर्वाचन क्षेत्र बनाएर राजधानी फर्किएका छन्।

पर्यटन राज्यमन्त्री बुढालाई राजिनामा नदिन डोल्पालीको सुझाव

गृह जिल्ला डोल्पा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई आफ्नो सांसद पदबाट राजिनामा नदिन डोल्पालीले सुझाव दिएका छन्।

मन्त्रालयका कार्यप्रगति प्रति मुख्यमन्त्री पौडेल चिन्तित

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा यही ट्रेण्डले काम गरे एक सय बर्षमा पनि उल्लेख्य काम गर्न नसकिने भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रदेश ७ : मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति

प्रदेश ७ को सरकारले विभिन्न चार विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक सहमतिका लागि स्वीकृति प्रदान गरेको छ।

धान्न नसकिने कर्मचारी कटौती गर्न मुख्यमन्त्रीको निर्देशन

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकाले धेरै कर्मचारी थेग्न नसक्ने भएकाले चुस्त र अतिआवश्यक मात्र दरबन्दी कायम गर्न निर्देशन दिएका छन्। सबै जिल्लामा प्रदेश सरकारको उपस्थिती हुनुपर्नेमा जोड दिदै उनले त्यसका लागि चुस्त र थोरै संख्यामा कर्मचारी परिचालन गरिने बताए।

गण्डकी प्रदेशमा ‘हेलो मुख्यमन्त्री’ टेलिफोन सेवा सुरु

गण्डकी प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ टेलिफोन सेवा सुरु गरेको छ। जनताको गुनासो सिधै मुख्यमन्त्रीले सुन्ने व्यवस्थाका लागि ‘हेलो मुख्यमन्त्री’ सेवा सुचारु गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

ऐनको विराेध गर्नुकाे कुनै तुक छैन : मुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले लामो छलफल र बहसपछि ल्याएको कानूनको विरोधै मात्र गर्न नहुने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्वारा शुक्रबार हेटौंडामा आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन दिवस कार्यक्रममा उनले ऐनहरु कार्यान्वयन गर्न सबैको दायित्व भएको बताए।

२ वर्षपछि प्रदेशमा आउन कर्मचारीले सोर्स लगाउनुपर्छ: मुख्यमन्त्री प्रदेश ५

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको दुई बर्षमा प्रदेशमा सरुवा गर्न कर्मचारीले सोर्स लगाउनुपर्ने बताएका छन्। अहिले कर्मचारीहरुले काठमाडौं छोड्न नसक्दा संघीयता कार्यान्वयन पेचिलो बन्दै गएको बताए।

गण्डकी प्रदेशमा ३२ सय कर्मचारी आवश्यकः मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कर्मचारी अभावले प्रदेशमा काम गर्न समस्या भएको बताएका छन् ।

पञ्जाब, मुम्बई हुँदै मुख्यमन्त्री

डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीका त्रिलोचन भट्ट १६ वर्षको उमेरमा २०४२ सालमा रोजगारी खोज्दै भारत छिरे। स्कुल पढ्ने उमेरमा बुबाको मृत्युपछि जागिर खोज्न भन्दै भारत छिरेका भट्ट उतै राजनीतिमा लागे। प्रवासमा रोजगारीसँगै राजनीतिक गतिविधिमा संलग्न उनी अहिले भने प्रदेश नम्बर ७ को मुख्यमन्त्री बनेका छन्।

प्रदेश ५ का मुख्यमन्त्री मन्त्रालयका कामप्रति असन्तुष्ट, २२ बुँदे निर्देशन

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयहरुका काम प्रति असन्तुष्टि जनाउँदै सुधार गर्न निर्देशन दिएका छन्।

राज्यमन्त्री शर्मालाई पक्राउ गर्न परमादेश

विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्