७ कार्तिक २०८१ बुधबार
image/svg+xml

युद्धविराम उल्लङ्घन गर्दै २१७ नागरिकको हत्या

संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङ्घन गर्दै एक वर्षमा दुई सय १७ सर्वसाधारणको हत्या गरेको यमन सरकार पक्षधर सुरक्षाकर्मीले मंगलबार बताएको छ।

श्रीलंकामा ३५ राज्यमन्त्री नियुक्त

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबय राजापाक्षेले बुधबार ३५ जना राज्यमन्त्री नियुक्त गरेका छन्। केही दिनअघि आफ्नै दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका राष्ट्रपति गोताबयले तीन उपमन्त्री पनि नियुक्त गरेका छन्।

'निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ'

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

निजगढ काठमाडौँ द्रुतमार्ग सडकको अनुगमन

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी– इपा सडक तथा निजगढ काठमाडौँ द्रुतमार्गको अवलोकन तथा अनुगमन गरेका छन्।

राज्यमन्त्री रावलद्वारा राजीनामा

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

एकताको प्रतिक छठः मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालीको एकताको प्रतिकको रुपमा छठ पर्व रहेको बताएका छन्। हेटौंडा १० स्थित राप्ती खोला किनारमा आयोजित सामुहिक छठ पूजाको उद्घाटन गरेपछि उनले छठ पर्व मधेशीले मात्र नभई सबै नेपालीको साझा पर्व भएको बताए।

भ्रमण बर्ष औपचारिकता मात्र नबनाउने मुख्यमन्त्रीको उद्घोष

नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन तथा लक्ष्य अनुसार विदेशी पर्यटन भित्र्याउन १ नं प्रदेशमा प्रदेशस्तरीय पर्यटन प्रर्वद्धन समिति गठन भएको छ।

राष्ट्रसंघीय प्रतिनिधि यमनमा

यमनको विद्रोही हुथी समूह र सरकारले स्टकहोममा गत वर्षको डिसेम्बरमा गरेको वार्तामा सात हजार युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको थियो।

कृषिमा नेपालको ठूलो श्रम शक्ति अलमलियोः मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले परम्परागत कृषिका कारण नेपालको ठूलो श्रम जनशक्ति अलमलिएको बताएका छन्। उनले विगतदेखि नै परम्परागत रुपा कृषि गर्ने तर व्यवसायिक बन्न नसक्दा त्यहि कृषिमा ठूलो श्रम शक्ति अलमलिएकाले त्यो जनशक्ति अन्यत्र परिचालन गर्नुपर्ने बताए।

औषधि पसलको अनुगमनमा कडाई गर्छाैंः मन्त्री यादव

सरकारले औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुको प्रेसक्रिप्सन विना नै औषधि विक्री वितरणको काम भइरहेको उल्लेख गर्दै औषधि पसलहरुको अनुगमनको काममा कडाई गर्न लागिएको बताएका हुन्।

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ। हेटौँडा– ८ स्थित  चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार वृक्षरोपण गर्दै  कार्यक्रमको शुभारम्भ गरेका हुन्।

मुख्यमन्त्री शाहीको प्रश्नः पार्टी नेताहरुमै अराजक प्रवृत्ति हाबी भयो, लगाम कसले लगाउने?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्र अराजकता बढेको बताएका छन्।

‘समाजलाई पछाडि धकेल्ने प्रयत्न अस्वीकार्य’–मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताएका छन्। उनले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताए।

स्थानीय र प्रदेश सरकार मिलेर सुदूरपश्चिमको विकास गरौः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब स्थानीय र प्रदेश सरकार मिली विकास गर्नु पर्ने बताए।

जनतामा उत्साह थप्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

प्रदेश नं ५ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले जनतामा उत्साह थपेको छ। कार्यक्रम अन्तर्गत आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पछिपरेका ग्रामीण क्षेत्रका जनताले गाउँटोलमै स्वास्थ्य, शिक्षा, कृषि र स्वरोजगारमा प्रत्यक्ष लाभ पाउँदा प्रदेश सरकारको अनुभूति गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्