११ मंसिर २०८१ मंगलबार
image/svg+xml

भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ। अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शैया पुर्‌याउन लागिएको हो । हाल अस्पतालमा १९४ शैया छ।

सोनालीलाई हाइग्रेड क्यान्सर

बलिउड अभिनेत्री सोनाली बेन्द्रेलाई क्यान्सर भएको छ । उनले इन्स्टाग्राममार्फत आफूलाई हाइग्रेन्ड क्यान्सर भएको खुलासा गरेकी हुन्।

स्तन क्यान्सरको उपचारमा गतिशीलता

केहीअघि एक मित्रले आफ्नी बहिनीको मेमोग्राम गर्दा स्तन क्यान्सर देखिएकाले उपचारका आयामबारे सल्लाह गर्न सम्पर्क गरे।

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका इरफानको स्वास्थ्यलाभको कामना कलाकारदेखि दर्शकसँग सबैले गरिरहेका छन्।

नेपाल क्यान्सर अस्पताल दोस्रो वर्षमा

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर दोस्रो वर्षमा प्रवेश गरेको छ ।क्यान्सरका बिरामीलाई अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतीसँग सामना गर्ने उद्देश्यले एक वर्षअघि यो अस्पताल सञ्चालनमा आएको थियो।

क्यान्सर अस्पताललाई रेडियोथेरापी

नेपालको दुईदिने धार्मिक भ्रमण सकेर शनिबार स्वदेश फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भारतमा विकसित भावाट्रोन रेडियोथेरापी मेसिन स्थापना गरिदिने घोषणा गरेको जनाइएको छ।

क्यान्सरपीडित बालकलाई उपचार खर्च अभाव

इलाम नगरपालिका–४, बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरे रगतको क्यान्सरबाट पीडित भएर अस्पतालमा थलिएका छन् । भरतपुर अस्पतालमा रहेका ऋतिकको उपचारमा ३० लाख रुपैयाँ लाग्ने भएपछि अत्यन्त निम्न आर्थिक अवस्थाको उनको परिवारमा ‘बज्रपात’ आइलागेको छ ।

क्यान्सरको तथ्य र तथ्याड्क

संसारका एकतिहाई मानिसलाई जीवनकालमा अर्बुद रोग लाग्छ। तीस वर्ष उमेर समूहका महिलामा ४०० मा एकलाई ब्रेस्ट (स्तन) क्यान्सर देखिन्छ भने ७० वर्षका आमा समूहमा उक्त अनुपात बढेर ९ मा १ महिलालाई उक्त रोग लाग्ने देखायो तथ्यांकले। १ लाख जनसंख्या भएको नगरमा प्रतिवर्ष १७१ जना क्यान्सरले मर्छन्।

‘महिलालाई क्यान्सरबाट बचाउन देशैभरी स्वास्थ्य शिविर’

खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघर र स्तन क्यान्सरबारे प्रारम्भिक जाँच शिविर सुरु गरिएको छ।

ब्लड क्यान्सरपीडित मदनलाई खर्च अभाव

राजधानीमा उपचार गराइरहेका दोलखाका ब्लड क्यान्सरपीडित १४ वर्षीय विद्यार्थी मदन केसीलाई उपचारका क्रममा विभिन्न संक्रमणका कारण खर्च बढेपछि उनको परिवार थप समस्यामा परेको छ।

नेपालमै क्यान्सरको औषधि उत्पादन हुने

नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या वृद्धि भइरहेको देखाउँछ। यसैबीच, नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औषधि उत्पादन प्लान्ट स्थापना गर्दैछ । कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ । क्यान्सर रोग उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने यो नेपालमै पहिलो कम्पनी हुनेछ।

मासु र रक्सीले आमशयको क्यान्सर बढ्दै

पाटन अस्पतालमा कार्यरत ३१ वर्षीया सकुनी श्रेष्ठ यतिखेर पेट (आमशय) क्यान्सरले ग्रसित छिन् । आपूm स्वास्थ्यकर्मी भएकाले यति छिटो क्यान्सर भइहाल्ला भन्ने उनको सोच थिएन । उनले बढीजसो महिलालाई हुने पाठेघरको क्यान्सरबाट सतर्क रहन पाठेघरको नियमित चेकजाँच गराइरहेकी थिइन् । तर पेटमा समस्या देखिँदा उनलाई ग्याष्ट्रिक भयो होला भन्ने लाग्यो।

क्यान्सर अस्पताललाई जापानको ८६ लाखका उपकरण

जापानी राजदूत मासासी ओगावा र इन्टरनेशनल कन्र्सन सेन्टरका अध्यक्ष प्रा.डा. अन्जान शाक्यबीच नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरलाई जापान सरकारले करिब ८६ लाख रुपैयाँ बराबरको अस्पतालका लागि आवश्यक उपकरण दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

वर्षमा एकचोटि जाँचे क्यान्सरबाट बच्न सकिन्छ

पाठेघरबाट रगत आउँछ ? दिसाबाट रगत आउँछ ? खाना खाएपछि बान्ता हुन्छ ? लामो समय खोकी लागिरहन्छ ? यीमध्ये कुनै लक्षण छन् ? छ भने बेलैमा परीक्षण गराउनुहोस् । छैन भने पनि परीक्षण गराउनुहोस् । सम्भावित क्यान्सरबाट बच्न सकिन्छ । तपाईंलाई पत्तै नपाई क्यान्सर लागिसकेको हुन सक्छ । क्यान्सर छिप्पिएपछि उपचारमा कठिन हुने भएकाले वर्षमा कम्तीमा एकपटक पूरै स्वास्थ्यजाँच गर्न चिकित्सकले सुझाएका छन्।

क्यान्सर परीक्षणमा नयाँ शोध

गलत केमोथेरापीका कारण बिरामी झन् शिथिल हुने र उसको उपचार खर्च बढ्ने प्रस्टै छ । त्यसैले क्यान्सर पूर्वअनुमान गर्न हालै पत्ता लागेको नयाँ परीक्षण विधि निकै उपयोगी हुने निश्चित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्