सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल निर्माण गरिने
क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ।
क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ।
महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले निःशुल्क गर्ने भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेका प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन लागेको हो।
महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिलामामात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले त्यसका लागि सरकारी अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको बताए।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले क्यान्सरविरुद्ध लड्न विद्यालय तहमै यससम्बन्धी पाठ्यक्रम समावेश गराउने तयारी सरकारले थालेको बताएका छन्।
महिलामा हुने क्यान्सर विकसित देशहरूमा घट्दो क्रममा रहेपनि नेपालमाभने बढ्दै गएको पाइएको छ। नेपालमा क्यान्सरबाट पुरुषभन्दा महिला बढी पीडित छन्। विकसित देशमा क्यान्सर पहिचान र उपचारमा पहुँच बढी भएकाले घट्दो क्रममा रहेको तर नेपालमा त्यो सुविधा नहुँदा रोगीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले क्यान्सरविरुद्ध लड्न विद्यालय तहको शिक्षामै पाठ्यक्रममा समावेश गराउने तयारी सरकारले थालेको बताएका छन्। विश्व क्यान्सर दिवसको अवसर ध्रुव थापा स्मृति प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर र महिला क्यान्सर सम्बन्धि परीक्षण कार्यक्रममा बोल्दै मन्त्री थापाले विद्यालय तहबाटै क्यान्सर सम्बन्धी शिक्षा दिन मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरी सकेको जानकारी दिएका हुन।
क्यान्सर लाग्नु भनेको जीवनको तत्काल अन्त्य हो भनेर बुझ्ने धेरै नै छन्। तर, यो सोचाइ गलत हो। समयमा उपचार भए क्यान्सर पूर्ण निको हुन्छ। क्यान्सरको उपचार दुर्लभ पनि छैन र महँगो पनि खासै छैन। भरतपुरकी ४५ वर्षीया वन्दना खाँड यसकी उदाहरण हुन्। उनी स्वदेशकै सुलभ उपचारले पूर्ण निको भएर सक्रिय जीवन जिउँदै आएकी छन्।
पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् ।
सरकारी अस्पतालका चिकित्सक र सरकारी विद्यालयका शिक्षकमाथि सरकारले ठूलो लगानी गरेको हुन्छ। तर, यी दुवै क्षेत्रबाट अपेक्षित प्रतिफल राज्यले प्राप्त गर्न नसकेको गुनासो निरन्तर आइरहेको छ। पछिल्लो समय चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई लिएर राष्ट्रिय चिन्ता उत्पन्न हुन पुगेको छ।
भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको उच्चस्तरीय छानबिनले देखाएको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।
रेटिनोब्लास्टोमा पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुुने एक प्रकारको आँखा क्यान्सर हो । यो प्रायः नवजात शिशुु तथा २ वर्षमुुनिका बालबालिकामा देखिन्छ । २० हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पूर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ ।
क्यान्सर रोगले पीडित पथरैया, कैलालीका ३२ वर्षीय नारायण चौधरीले आर्थिक सहयोगका लागि आग्रह गरेका छन्।
क्यान्सर रोगबाट पीडित बनेकी ओखलढुंगा मुलखर्क-१ निवासी अनिका तामाङ,२० को उपचारका लागि अफगानिस्तानमा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन्।
बेलायतकी एक १४–बर्षिया किशोरीले क्यान्सरबाट आफ्नो मृत्य हुने निश्चय भएपछि यहाँको अदालतलार्ई पत्र लेख्दै आफू क्यान्सरको उपचार हुन नसक्दा मृत्यु हुन लागेको जनाउँदै मृत्युपछि उनको शरिरलाई अन्त्येष्टि नगर्न र संरक्षण गरिदिन गरेको आग्रहको पक्षमा यहाँको अदालतले फैसला दिएको छ ।