३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च

गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च प्रशस्त भएको पाइएको छ । अस्पतालमा दसैँ, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागि मात्रै रु एक लाख ९५ हजार ५७७ खर्च भएको छ ।

प्रसूतिगृहमा अत्याधुनिक क्यान्सर परीक्षण सेवा

थापाथलीस्थित प्रसूतिगृहले पाठेघरसँग सम्बन्धित क्यान्सर पत्ता लगाउने दुई अत्याधुनिक परीक्षण सेवा सञ्चालनमा ल्याएको छ। प्रसूतिगृहले पाठेघरको पानी जाँचेर क्यान्सर पत्ता लगाउने परीक्षण विधि एलबिसी टेस्ट र पाठघेरको मुखको क्यान्सर जाँच गर्ने भिडियो एक्सरे 'कल्कोस्कोपी' सेवा सञ्चालन गरेको हो।

कांग्रेस नेतृ सुजाता काेइरालालाई स्तन क्यान्सर

नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका गरिएको छ। दसैंलगत्तै मलेसिया भ्रमणमा रहेका बेला रिँगटा लागेपछि अस्पताल पुगेकी नेतृ कोइरालालाई स्तन क्यान्सर भएको चिकित्सकहरूले जनाएको उनी निकट स्रोतले बतायो। ‘मलेसियामा उहाँको शल्यक्रिया भइसकेको छ,’ निकट स्रोतले भन्यो, ‘बायोप्सीको रिपोर्ट आउन बाँकी छ ।’

गलत खानपानले पाचन अंगमा क्यान्सर

दोलखा मालुकी ५० वर्षीया मसली कार्की (मिजार) भोजन थैलीको क्यान्सर भएपछि यति खेर वीर अस्पतालको अंकोलोजी वार्डमा उपचार गराउँदैछिन् । उनलाई सुरुमा पेट पोल्ने र दुख्ने समस्या देखियो । चार वर्षअघि पेटमा पत्थरी भएको भन्दै धुलिखेल अस्पतालले पित्तथैलीको शल्यक्रिया गर्यो तैपनि उनलाई निको भएन । गत वर्ष फेरि परीक्षण गर्न आउँदा उनलाई भोजन थैलीको क्यान्सर भएको पत्ता लाग्यो ।

स्तन क्यान्सरसम्बन्धी भिडियो हटाएकोप्रति फेसबुकले माफी माग्यो

विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले क्यान्सरसम्बन्धी एउटा जनचेतनामुलक भिडियो हटाएकोप्रति माफी मागेको छ।

पूर्वराष्ट्रपति डा यादव क्यान्सरमुक्त

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्व राष्ट्रपति डा रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्य लाभ गरिरहेका छन्। यादवकी छोरी अनिता यादवले भनिन्- गत अक्टोबर २ तारिखमा गरिएको सफल शल्यक्रियापश्चात् उहाँ अस्पतालको अतिथि गृहमा चिकित्सकको निगरानीमा रहनुभएको छ ।'

राती काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम

लण्डन– बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ।

अभावले छिप्पिएको क्यान्सर

ललितपुर देवीचौरका ३७ वर्षीय बिक्रममान तामाङलाई छ महिना अघिदेखि पिसाव पोल्न थाल्यो। रोगले च्याप्दै गयो । तैपनि भनेको बेला अस्पताल पुग्न सकेनन् । कारण उनीसँग पैसा थिएन ।

स्तन क्यान्सर फैलाउने सेल पत्ता लागेको बेलायती वैज्ञानीकहरुको दाबी

लण्डन—बेलायतका वैज्ञानीकहरुले आफुहरुले स्तन क्यान्स फैलाउने सेलको पत्ता लगाएको बताएका छन्।

पूर्व राष्ट्रपति यादवलाई क्यान्सर

पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो।

ब्लड क्यान्सर पीडितलाई एनआरएन मकाउको सहयोग

बाग्लुङ जिल्ला नरेठेटी गाविस वडा नं ९ का गोरखबहादुर भण्डारीको छोरा बर्ष २५ को ब्लड क्यान्सपीडित ओम बहादुर भण्डारीको उपचारका लागि गैर आवासीय नेपाली संघ मकाउले ७५६०० रुपैयाँ संकलन गरेको छ।

बोनम्यारो क्यान्सर पीडित कलाकार सेन्चुरीलार्इ बचाउन अभियान

काठमाडौं– बोनम्यारोको क्यान्सरबाट पीडित गायक तथा मोडल सन्दिप सेन्चुरीको उपचारका लागि काठमाडौंको गोंगबुस्थित सुनचाँदी व्यवसायी सेवा समितिले सेन्चुरी बचाउ अभियान सञ्चालन गरेको छ। मोरङको बयरवन–३ हरकपुर स्थायी घर भएका २७ वर्षीय मोडल सेन्चुरीको उपचारका लागि करिब ३२ लाख रुपैयाँ लाग्ने र उनको आफ्नो जायजेथाले नभ्याउने भएपछि समितिले अभियान सञ्चालन गरेको समितिका अध्यक्ष नारायण सुनारले जनाएका छन्।

'क्यान्सर मृत्युसँग लड्ने अवसर'

काठमाडौं— 'जीवनका मुख्य पक्ष के के हुन् ?' राजधानीको एक पाँचतारे होटलको सभाकक्षमा मंगलबार अभिनेत्री मनिषा कोइरालाको यो प्रश्न झर्न नपाउँदै ३ सयभन्दा बढी सहभागी युवायुवतीबाट उत्तरको वर्षा सुरु भयो– स्वास्थ्य, प्रेम, सम्पत्ति, शिक्षा ... ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्