१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्तन क्यान्सर फैलाउने सेल पत्ता लागेको बेलायती वैज्ञानीकहरुको दाबी

लण्डन—बेलायतका वैज्ञानीकहरुले आफुहरुले स्तन क्यान्स फैलाउने सेलको पत्ता लगाएको बताएका छन्।

उनीहरुले उक्त सेल रगत, फोक्सो, कलेजो तथा अन्य अंगमा कसरी फैलन्छ भन्ने पत्ता लागेको बताएका छन्। उनीहरुले यस सेलको पत्ता लागेसँगै यस रोग फैलनु भन्दा पहिले उचित उपचार पद्धती र औषधी उपलब्ध गराउन सहज हुने बताएका छन्।

वैज्ञानीकहरुले इन्डोस्यालीन नामक रसायनीक प्रक्रियाबाट क्यान्सरको सेललाई फैलनबाट रोक्न सकिने बताएकाछन् । उनीहरुले पेरीसाइट्स नामक सेलको सहयोगमा इन्डोस्यालीन रसायन तयार पार्न सकिने बताएकाछन्।

बेलायतको दि इन्सिच्युट अफ क्यान्सर रिसर्चले स्तन क्यान्सर भएका ३ सय ३४ महिलामा गरिएको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो। उक्त अध्ययनका प्रमुख  प्रोफेशर चार्ली आइज्याकले भने ‘रक्त नलीमा पाइने पेरीसाइट्स नामक सेलले स्तन क्यान्सरको सेललाई शरीरका अन्य भागमा सर्न दिँदैन। उनले  पेरीसाइट्स सेलमा पाइने इन्डोस्यालीन रसायनले क्यान्सरको सेललाई शरीरका अन्य भाग फैलनबाट रोक्ने बताए।

त्यस्तै ब्रेस्ट क्यान्सर सेन्टरका प्रमुख बारोनेश देल्थीन मेर्गानले भने ‘ यो सेल र रसायनको पत्ता लागेसँगै यसले स्तर क्यान्सको उपचारमा नयाँ आयाम ल्याएको छ।

बेलायतमा प्रत्येक आठ जना महिला मध्ये एक जना महिलामा स्तन क्यान्सर हुने गरेको र स्तन क्यान्सरकै कारण प्रत्येक वर्ष ११ हजार ५ सय महिलाले ज्यान गुमानउने गरेका एक अध्ययनले देखाएको थियो।

 

प्रकाशित: ३१ भाद्र २०७३ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App