३ मंसिर २०८१ सोमबार
image/svg+xml

लुम्बिनीमा बढ्यो चिनियाँ लगानीकर्ताको चासो

नेपाली व्यवसायीसँग साझेदारी गरी यस क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताले रुचि देखाएका छन् । यहाँ लगानी गर्न चासो राख्दै एक वर्षमा चिनियाँ व्यवसायीको चार टोलीले यस क्षेत्रको भ्रमण गरिसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले जानकारी दिएका छन् ।

लुम्बिनीमा वाम वर्चश्व, पाल्पा र गुल्मीमा 'क्लिस्वीप'

लुम्बिनीका प्रतिनिधिसभाका १५ र प्रदेशसभाका ३० सीटमा वाम गठबन्धनको वर्चश्व देखिएको छ। अर्घाखाँची बाहेक सबै जिल्लामा मतगणना सकिएको छ ।

लुम्बिनी भ्रमणसँगै रेलमार्गको स्थलगत अध्ययन सकियो

नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारी सहितको टोलीले बिहीबार भैरहवा–लुम्बिनी क्षेत्रको अध्ययनसँगै तीन दिनको स्थलगत भ्रमण सकाएको छ । केरुङ–काठमाडौं र काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउने ठाउँको स्थलगत अध्ययन गर्न नेपाल आएको टोलीले अन्तिम दिन लुम्बिनी क्षेत्रमा रेलमार्ग बन्ने ठाउँको अवलोकन गरेको हो ।

लुम्बिनी, पोखरा रुटमा शौचालय भएको बस सेवा, भाडादर २० डलर

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच पर्यटकीय बस सञ्चालनमा ल्याएको छ। ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो।

लुम्बिनीलाई प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि

सदरमुकाम तानसेनमा संञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी क्रिकेट क्लब कपिलवस्तुले जितेको छ । सोमबार भएको फाइनलमा लुम्बिनीले प्रोफेसलन क्रिकेट क्लब पाल्पालाई एक सय रनले पराजित गरेको थियो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले १८ ओभर चार बलमा सबै विकेट गुमाउँदै एक सय ५० रन बनाएको थियो । पहिले ब्याटिङमा उतेको लुम्बिनी क्रिकेटका लागि मैनुद्धिन खाँन काजुले ३५ रन, सुद्धिन खान २५ र अहमत खानले १८ रनको योगदान दिएका थिए । मैनुद्धिन खान र वैदुलन खानले ३–३ विकेट लिएका थिए ।

फागुनमा लुम्बिनी शान्ति म्यारथन अायोजना हुने

३८ औं विश्व पर्यटन दिवस अबसर पारेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन पर्यटनमन्त्री जितेन्द्र देवले बुधबार विश्वकै पहिलो आध्यात्मिक खेलकुद गतिबिधि र विश्वकै पहिलो शान्ति म्याराथन – लुम्बिनी शान्ति म्याराथन २०१८ को घोषणा गरेका छन्। उक्त दौड सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी भगवान बुद्धको रुपमा स्वदेश फर्केको दिन ९फागु पूर्णिमा० मा लुम्बिनीमा आयोजना हुनेछ। यस बर्षको म्याराथन फागुन १७ का दिन आयोजना हुनेछ।

पैसा कमहुँदा लुम्बिनी मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द

सुत्केरी गराए वापत पाउने रकम कम हुँदा जिल्लाको एकमात्र मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम सुचारु हुन सकेको छैन।

बेल्जियमका न्यायमन्त्रीलाई लुम्बिनीको तस्बिर उपहार

लुम्बिनी कपिलवस्तु विश्व अभियानले बेल्जियमका न्यायमन्त्री कोएन गककएन्सलाई लुम्बिनीको तस्बिर उपहारस्वरुप प्रदान गरेको छ ।

लुम्बिनीबाट बेपत्ता भएका पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग औपचारिक जानकारी माग्यो

पाकिस्तानले नेपालबाट बेपत्ता भएका आफ्ना एक पूर्व सैन्य अधिकारीको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ। नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल मोहम्मद हबिब जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग पाकिस्तान सरकारले औपचारिक रुपमा जानकारी माग गरेको हो।

लुम्बिनी र संकटालाई सफलता

साबिक उपविजेता जगदम्बा लुम्बिनी र संकटाले ललित स्मृति यु-१८ फुटबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्। अजित थापा र अनुप गुरुङले गोल गरेपछि लुम्बिनीले त्रिपुरेश्वरको न्युरोड टिम (एनआरटी) लाई २-० ले हरायो।

लुम्बिनी बन्यो भारतीय माग्नेको अखडा, विकास कोष मौन

विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ ।

काठमाडौं–पोखरा, लुम्बिनी रुटमा रेष्टुराँ र शौचालय भएको बस सेवा

नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले शौचालय र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ। ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो।

नेपाली सेनाका श्रेष्ठले जिते १ लाख रुपैयाँसहित लुम्बिनी पिस म्याराथनको उपाधि

बन्द छिचोल्दै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो 'लुम्बिनी पिस म्याराथन' सम्पन्न भएको छ। आइतबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा समापन गरिएको म्याराथन मा नेपाली सेनाका होमलाल श्रेष्ठले दुई घण्टा २२ मिनेटमा ४२.१९५ किलोमिटर पूरा गरेर विजेता घोषित भए।

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलनमा

लुम्बिनी विकास कोषका सेवा करार तथा ज्यालादारी कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन्। गत पुस १४ गते लुम्बिनी विकास कोषको व्यवस्थापन पक्ष र आन्दोलनरत कर्मचारीबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका हुन्।

लुम्बिनीमा पर्यटक आगमन झण्डै ७२ प्रतिशतले बृद्धि

गत बर्ष भूकम्प र नाकाबन्दीले थलिएको लुम्बिनीको पर्यटन क्षेत्रले यो बर्ष गती लिएको छ। सन् २०१५ को तुलनामा २०१६ मा पर्यटक आगमन ७१.८१ प्रतिशतले बढेको छ। भूकम्प, नाकाबन्दी तथा मधेस आन्दोलनका कारण सन् २०१५ मा ३७ प्रतिशतले घटेको पर्यटक आगमन यसपटक उल्लेख्य रुपमा बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्