३ मंसिर २०८१ सोमबार
image/svg+xml

आमरण अनशनरत लुम्बिनी विकास कोषका कर्मचारी मिश्राको अवस्था नाजुक

लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङको बर्खास्ती र आफ्ना सेवा सुविधासम्बन्धी पाँच बुँदे माग राखेर विगत ११ दिनदेखि आवरण अनशनमा बसेका कोषका कर्मचारी रविन्द्रप्रसाद शुक्लाको अवसथा नाजुक बन्दै गएको छ। लुम्बिनीस्थित कोषको कार्यालयअगाडी अनशनरत शुक्लालाई सलाइन र अक्सिजन दिइएको छ।

हत्याको विरोधमा प्रदर्शन, लुम्बिनी बन्दकाे अाह्वान

युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् ।

सीमांकनको नाममा लुम्बिनी कब्जाको भारतीय योजना: पोखरेल

नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले सीमांकनका नाममा लुम्बिनी भारतले कब्जाको रणनीति बनाएको आरोप लगाएका छन्। ७० वर्षदेखिको भारतको प्रयास अहिले आएर सफल हुन लागेको उनको भनाइ छ।

लुम्बिनी विश्वविद्यालयको प्राज्ञिक यात्रा

भगवान् गौतम बुद्धका उपदेश अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन तथा शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्न २०६१ सालमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना गरिएको हो ।

भारतीय राष्ट्रपति मुखर्जी जनकपुर, पाेखरा र लुम्बिनी जाने

जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको बताइएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लागेका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ ।

चन्द्रमामा पाइला टेकेका बज एल्ड्रिन लुम्बिनीमा

चन्द्रमामा दोस्रोपटक पाइला टेकेका अमेरिकी नागरिक बज एल्ड्रिन आइतबार राति १० बजेर ३० मिनेटमा काठमाडौं आइपुगेका हुन्। फ्लाइट दुबईको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएका एल्ड्रिनलाई एभरेष्ट साइन्स सेन्टरका सञ्चालक युवा वैज्ञानिक दिलीप अधिकारीले स्वागत गरे।

टेस्ट ट्युव बेबी सेवा लुम्बिनी मेडिकल कलेजबाट सुरू

पाल्पामा सञ्चालनमा रहेको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले टेष्ट ट्युब बेबी सेवा ल्याएको छ। कलेजको बुटवलमा रहेको शाखाबाट यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

आर्मी र लुम्बिनी फाइनलमा

जगदम्बा लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लबले प्रथम ललित स्मृती यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत बुधबार हुने फाइनलका लागि एक–अर्काविरुद्धको भिडन्त पक्का गरेका छन्।

संकटा र लुम्बिनी भिड्ने

सिएमजी क्लब संकटा र जगदम्बा लुम्बिनी फुटबल क्लब राजधानीमा जारी ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनल भिड्ने भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार संकटाले लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई ३–१ ले र लुम्बिनीले बुद्ध एयर मोरङ फुटबल क्लबलाई २–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्