४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यो हप्ताको मौसम: हिमपातदेखि वर्षाको सम्भावना

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस छ।

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन्। ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताए। ‘बिहान हिउँ मात्रै परेको थियो।

पश्चिमी वायुको प्रभावः हल्का वर्षा र हिमपातको सम्भावना

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।

भारी हिमपातका कारण बेइजिङ ओलम्पिकमा गएका पाहुनालाई गाह्रो, रुसी स्केटर भालिभालाई खेल्न अनुमति

आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ।

हिमपातले सुन्तलाका बिरुवा नष्ट

लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ। प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो।

मनाङसँग ५० घण्टापछि सञ्चार सम्पर्क

हिमालपारिको जिल्ला मनाङमा झन्डै ५० घण्टापछि सञ्चार सम्पर्क कायम भएको छ। हिमपातले गर्दा मनाङ दुईदिनदेखि सञ्चार सम्पर्कबाट बिच्छेद भएको थियो।

बैतडीमा भारी हिमपातः प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

शनिबारसम्म मौसममा सुधार नहुने र चिसोसमेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकालाई बढी समस्या हुनसक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ।

हिमपातले यातायात, टेलिफोन र विद्युत सम्पर्क टुटायो

हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी सहित गोरखा र कास्कीका उच्च भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाको अरु जिल्लासँग सम्पर्क टुटेको छ। मनाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ। त्यस्तै म्याग्दीको गुर्जामा पनि विद्युत र टेलिफोन सम्पर्क टुटेको छ। हिमाली जिल्लासम्मको यातायात पनि अवरुद्ध भएको छ।

उत्तरी गोरखामा बाक्लो हिमपात

उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ। बिहीबार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म रोकिएको छैन। चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोकमा बाक्लो हिउँ परेको छ। धार्चे गाउँपालिकाको पनि अधिकांश ठाउँमा हिमपात भएको छ।

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध

गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।

अझै केही दिन मौसम सुधार नहुने

केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।

वर्षा र हिमपातको सम्भावना

महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ। समुन्द्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ लगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्