२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारी हिमपातका कारण बेइजिङ ओलम्पिकमा गएका पाहुनालाई गाह्रो, रुसी स्केटर भालिभालाई खेल्न अनुमति

चिनियाँ राजधानी शहर बेइजिङमा भारी मात्रामा हिमपात भएको छ। आइतबारको सो हिमपातले यहाँ जारी रहेको बेइजिङमा ओलम्पिकलाई पनि प्रभावित पारेको बताइएको छ।

यहाँ आलम्पिक हेर्न आएका विदेशी पाहुनालाई पनि सो हिमपातले सास्ती भएको बेइजिङमाबाट प्राप्त भएको समाचारमा जनाइएको छ। यहाँको मौसमसम्बन्धी सूचनामा आइतबार बिहानैदेखि हिउँ पर्ने जनाइएको छ।

यहाँ आइतबार बिहानदेखि साँझसम्म नै हिउँ परेको बताइएको छ। त्यस्तै तापक्रम पनि माइनस ६ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको थियो। बाटोभरि हिउँ थुप्रिएकाले त्यसलाई पन्छाउने काम जारी रहेको छ। त्यस्तै नागरिकहरुलाई सतर्कता अपनाएर बाटो हिँड्न या सवारी सञ्चालन गर्न भनिएको छ।

रुसी स्केटर भालिभालाई ओलम्पिक खेल्न अनुमति

यस्तै चर्चित रुसी किशोर फिगर स्केटिङ कमिला भलिभालाई सोमबार खेलकुदको मध्यस्थता अदालतले डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ।

सीएएसले अन्तर्राष्ट्रिय ओलम्पिक समिति, विश्व एन्टी डोपिङ एजेन्सी र अन्तर्राष्ट्रिय स्केटिङ युनियनले उनको निलम्बन पुनर्स्थापित गर्न गरेको अपील अस्वीकार गरेको बताएको छ।

प्रकाशित: २ फाल्गुन २०७८ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App