९ मंसिर २०८१ आइतबार
image/svg+xml

खाँचो कार्यान्वयनको

मुलुकको अर्थतन्त्र धान्न सहयोग पु-याएको वैदेशिक रोजगारमा बारम्बार ठगीका घटना सार्वजनिक भएका बेला सरकारले यो व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन खोजेको छ। यसका लागि विभिन्न मुलुकसँग श्रम सम्झौता हुँदै आएका छन्।

परीक्षामा अमर्यादित काम गर्ने निरीक्षकसहित १७ निष्काशित

बिहीबारको परीक्षामा आफ्नो कर्तव्य निर्वाह नगर्ने दुई केन्द्रका ७ जना निरीक्षक निष्काशित भएका छन्। सुवलाल माध्यमिक विद्यालय सन्तपुर र जय किसान माध्यमिक विद्यालय धरहरी केन्द्रमा गरी जिल्लामा ७ निरीक्षक निष्काशित भएका छन्।

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ।

परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने

यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा ११ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ।

निर्माण व्यवसायलाई मर्यादित बनाउन पहल गर्ने

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले निर्माण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन चार कार्यदल

लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहँदै आएको वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सोमबार चार कार्यदल गठन गरिएको छ।वैदेशिक रोजगारीको समस्यासँग जोडिएका विभिन्न क्षेत्रमा केन्द्रित रहँदै ती कार्यदल गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए।

परीक्षामा अमर्यादित कार्य गर्ने दुई निरीक्षक निष्कासित

माध्यामिक शिक्षा परीक्षा (एसइई) को अन्तिम दिन आज दोस्रो ऐच्छिक विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने सप्तरीका दुईजना निरीक्षकलाई निष्कासन गरिएको छ।

सांसदलाई मर्यादित बनाउन दर्जनौं नियम

संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायत दर्जनौं नियमले बाँधेर मर्यादित बनाइने भएको छ । अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ।

फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा

प्रहरीले फागु पर्वमा अमर्यादित क्रियाकलाप गर्ने सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्व २०७४ सुरक्षा योजनाअन्तर्गत ३९ जनालाई पक्राउ गरी तीमध्ये सात जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालका अनुसार अन्यलाई सचेत गराई अभिभावकको जिम्मा लगाई छाडिएको छ।

मर्यादित न्यायपालिका सरकारको अपेक्षा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन्। एमाले कानून विभागले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताए।

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ : मन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताएका छन् ।

नेपाली सेना उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर नेपाली सेनाले उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रुपमा आफूलाई स्थापित गर्दै आइरहेको बताएका छन् ।

परीक्षा मर्यादित बनाउन घुम्ती टोली

चैत ३ गते देखि शुरु भएको एसइई परीक्षा लाई मर्यादित बनाउन जुम्लामा घुम्ती टोलि परिचालन गरिएको छ ।

महिला नेतृत्वको केन्द्र मर्यादित

पश्चिम सुर्खेतको सूर्यप्रकाश मावि पलैटे परीक्षा केन्द्रमा केन्द्राध्यक्षदेखि निरीक्षकसम्म महिला छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) को जारी परीक्षामा महिला मात्रैले नेतृत्व गरेको यो परीक्षा केन्द्र जिल्लामै ‘अब्बल’ देखिएको छ।

तिहारमा अमर्यादित क्रियाकलाप नगर्न प्रहरीको माइकिङ

जिल्ला प्रहरी कार्यालय जुम्लाले तिहार अवधीभर अमर्यादित क्रियाकलाप नगर्न माइकिङ गरेको खलंगाबजारको बसपार्क, कालेखोली, अनामनगर, विजयनगर आसपासमा प्रहरीले माइकिङ गरेको हो। तिहारको अवसरमा रचनात्मक क्रियाकलाप गरेर समाजको शोभा बढाउनु पर्ने भन्दै कुनै पनि अशोभनीय क्रियाकलाप नगर्न आग्रह गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्