२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

परीक्षामा अमर्यादित काम गर्ने निरीक्षकसहित १७ निष्काशित

 रौतहट – राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको क्रममा रौतहटमा ७ निरीक्षकसहित १७ जना निष्काशित भएका छन्।

बिहीबारको परीक्षामा आफ्नो कर्तव्य निर्वाह नगर्ने दुई केन्द्रका ७ जना निरीक्षक निष्काशित भएका छन्। सुवलाल माध्यमिक विद्यालय सन्तपुर र जय किसान माध्यमिक विद्यालय धरहरी केन्द्रमा गरी जिल्लामा ७ निरीक्षक निष्काशित भएका छन्।

परीक्षा अनुगमन समितिले सुवलाल मावि केन्द्रबाट तीन तथा जय किसान मावि केन्द्रबाट चार जना निरीक्षकले आफ्नो कर्तव्य निर्वाह नगरेको भन्दै निष्काशन गरेको छ। यसै गरी सुवलाल केन्द्रबाट चार छात्र र पाँच छात्रासहित नौजना परीक्षार्थी निष्काशित भएका छन्।

परीक्षामा अमर्यादित काम गर्ने जय किसान केन्द्रबाट एक जना छात्राको परीक्षा नै रद्द गरिएको अनुगमन समितिमा रहेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी गराएका छन्।

 

प्रकाशित: १९ वैशाख २०७६ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App