२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सेमिफाइनल समीकरण पूरा

पर्वतको कुस्मामा जारी प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ‘ए’ बाट एपिएफ र नेपाल पुलिस तथा समूह ‘बी’बाट न्यु डायमन्ड र त्रिभुवन आर्मी क्लबले सेमिफाइलनमा स्थान बनाएका छन्।

एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपीएफ क्लब पूर्वाञ्चलको इटहरीमा सुरु भएको ११औं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग इटहरी गोल्डकप फुटबलको शनिबारको खेलमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

हिमालयन शेर्पा सेमिफाइनलमा

झापा ११ लाई शनिबार २–१ ले हराउँदै हिमालय शेर्पा क्लब १९औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। निकै प्रतिस्पर्धात्मक खेल निर्धारित सयम १—१ को बराबरीमा सकिएपछि थप समयतर्फ लम्बिएको थियो। चेतनकुमार थारूले ३७औं मिनेटमा गरेको गोलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो।

टाइब्रेकरबाट रूपन्देही सेमिफाइनलमा

खेलको अन्त्यतिर कालु थापाको गोलले पुनरागमन गरेको रूपन्देही ११ धरानमा जारी १९आँै बूढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। १–० ले पछि परेको अवस्थामा खेल बराबरी गर्दै रूपन्देहीले सफलता हासिल गरेको हो।

भारतीय जोडी सेमिफाइनलमा

भारतीय जोडी आदित्य लेयर र पीयूष एस सालिकरले नेपाल आइटिएफ जुनियर यु–१८ लन टेनिस सर्किट २ प्रतियोगिताअन्तर्गत पुरुष डबल्सको सेमिफाइनलमा जापानका रियो लिजुमी र चीनका गुवाङलिन विनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

हिमालयन शेर्पा सेमिफाइनलमा

घरेलु टोली उदयपुर ११ को चुनौती ४–१ ले समाप्त पार्दै हिमालयन शेर्पा क्लबले शुक्रबार चौथो रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। उदयपुर रंगशालामा सुरज हमालले गोल गरेपछि ११औं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिएको थियो।

सेमिफाइनलमा भारत र चीनका खेलाडी

नेपाल आइटिएफ जुनियर यू–१८ सर्किट १ टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा भारतीय खेलाडीमात्र पुगेका छन्।

सेमिफाइनलमा आयोजक र विभागीयको बर्चस्व

पोखरामा जारी सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगितामा बर्चस्व कायम गर्दै विभागीय टिमले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लव सेमिफाइनल पुग्दा पुरुषतर्फ पुलिस, एपिएफ र आर्मीले अन्तिम चारको यात्रा गरेका छन्।

त्रिभुवन आर्मी सेमिफाइनलमा

वीरगन्ज युनाइटेड क्लबलाई ३–० ले हराउँदैं मंगलबार त्रिभूवन आर्मी क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

वीरगन्जलाई हराउँदै आर्मी सेमिफाइनलमा

खेलाडीहरुको उत्कृष्ट खेल प्रदर्शनले त्रिभूवन आर्मी क्लबले वीरगन्ज युनाईटेड क्लबलाई हराउँदै सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

रुपन्देहीसँग बदला लिँदै आर्मी सेमिफाइनलमा

साबिक विजेता त्रिभुवन आर्मी क्लब रमपम झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार रुपन्देही ११ को चुनौती २–० को अन्तरमा समाप्त पार्दै विभागीय टोलीले अन्तिम चारमा आफूलाई उभ्याएको हो।

सेमिफाइनल पुग्यो बालुवाटार

मञ्जित श्रेष्ठको अर्धशतकप्रेरित सुरक्षा क्रिकेट क्लबले बिहीबार नेपाल क्रिकेट स्कुललाई ४० रनले पराजित गर्दै खुकुरी च्यालेन्जर्स कप क्रिकेटको अन्तिम ४ मा स्थान बनाएको छ। मञ्जितले ३२ बलमा ४ छक्का र ३ चौकासहित ५७ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको सुरक्षा क्रिकेटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो।

पाहुना टोलीलाई हराएर संकटा सेमिफाइनलमा

सिएमजी संकटा क्लब यहाँ जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पाहुना टोली बंगलादेशको नारायणगन्ज फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो।

पुलिस र आर्मी सेमिफाइनलमा

सुनिल धमलाको अलराउन्ड प्रदर्शन प्रेरित नेपाल पुलिस क्लबले शुक्रबार हिमालयन ह्वाइट हाउस कलेजलाई ८ विकेटले पराजित गर्दै रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

दिल्ली सेमिफाइनलमा, संकटा क्वाटरफाइनलमा

धनगढीमा जारी खप्तड गोल्डकपमा भारतको दिल्ली युनाइटेड सोमबार पोखराको सहारा फुटबल क्लबलाई ३–२ ले पराजित गर्दै सेमिफाइनल पुगेको छ। धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक क्वार्टरफाइनलको १० औं मिनेटमा दिल्लीका लागि सन्दीपले गोल गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्