जसले पालिरहेकी छिन् २७ अनाथ बालबालिका
आफनै छोराछोरीको लालनपालन गर्न बोझ मान्ने यो समयमा जाजरकोटकी एक महिलाले २७ जना अनाथ बालबालिकाको पालनपोषण र शिक्षा दिने जिम्मेवारी लिएकी छिन्। जिल्लाको भेरी नगरपालिका–३ थाप्लेकी कालीमाता भनिने नरिन्ताकुमारी शाहले आफनै लगानी र विभिन्न निकायहरुसँग हारगुहार गरि सहयोग जुटाएर ती अनाथ बालबालिकाहरुलाई खान लगाउन र पढ्नका लागि चाहिने सबै खर्च बेहोरिरहेकी छिन्।