७ पुस २०८१ आइतबार
image/svg+xml

नागरिककर्मी श्रेष्ठसहित ११ पत्रकार सम्मानित

मकवानपुरका नागरिककर्मी अशोकसुजन श्रेष्ठ उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डबाट सम्मानित भएका छन्।

मिडिया काउन्सिल विधेयकविरुद्ध मानव साङ्लो

नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा काठमाडौंसहित देशभरि मानवसाङ्लो बनाएर प्रदर्शन गरेको छ। संसद्मा पेस गरिएको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएको महासंघले शनिबार दोस्रो चरणको कार्यक्रमअन्तर्गत काठमाडौंको बबरमहलदेखि माइतीघरसम्म प्रदर्शन गरेका हुन्।

आज महासंघको हातेसाङ्लो जुलुस

नेपाल पत्रकार महासंघले शनिबार (आज) दिउँसो साढे २ बजे बबरमहलमा सञ्चारकर्मीको बृहत् हातेसाङ्लो जुलुस प्रदर्शन गर्ने भएको छ।

स्थानीय सरकारका प्रमुखबाट पत्रकार असुरक्षित

मेयर चौधरीले आठ वर्षअघि विराटनगरमा पर्शुराम बस्नेतको आदेशमा पत्रकार खिलानाथ ढकालको नाक भाँच्नेलाई केही नभएकाले आफूले पनि त्यही गर्ने भन्दै पत्रकार अनुपमलाई धम्की दिएका थिए।

पल्सर स्पोर्टस् अवार्ड– सहप्रायोजक संस्थासँग सम्झौता

पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले आज २ सहप्रायोजक संस्थासँग सम्झौता गरेको छ। मञ्चले एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण तथा केल्मी नेपालसँग सम्झौता गरेको हो।

अवार्डको तयारी अन्तिम चरणमा

खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका अन्र्तराष्ट्रिय पूर्वखेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्दै छ। वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन्।

ज्ञानेन्द्र शाही पक्राउ प्रकरण : कर्णालीका पत्रकारमाथि निरन्तर आक्रमण

पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई जेठ १५ गते प्रहरीले पक्राउ गरेलगत्तै यहाँका पत्रकारहरुमाथि सामाजिक सञ्जालमार्फत आक्रमण सुरु भएको छ। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीका समर्थकहरुले यहाँका पत्रकारहरुलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने धम्की दिनुका साथै श्रद्धाञ्जलीसमेत व्यक्त गरिरहेका छन्।

पत्रकारलाई दुई वर्षको जेल सजाय

सर्वोच्च नेताविरुद्ध गलत सूचना फैलाएको भन्दै इरानी अदालतले एक पत्रकारविरूद्ध दुई वर्षको जेल सजाय सुनाएको छ।

‘राजनीतिक दलहरु सत्तामा पुगेपछि प्रेसप्रति अनुदार भए’

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सत्ता बाहिर रहँदा प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्ने हरेक राजनीतिक दल सरकारमा पुग्ने बितिकै प्रेसप्रति अनुदार हुने गरेको आरोप लगाएका छन्।

मिडिया काउन्सिल विधेयकबारे सांसदहरुसँग छलफल, परिमार्जन गर्न सुझाव

नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकबारे मंगलबार बिभिन्न दलबाट राष्ट्रियसभा तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसंग छलफल गरेको छ।  कार्यक्रममा राष्ट्रियसभाका सांसद तथा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गर्न बाँकी रहेको बताए।

आन्दोलनमा साथ दिन सबै पत्रकारलाई आचार्यको आग्रह

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई आह्वान गरेका छन्।

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई

यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ। पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७ औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले थापालाई पुरस्कार प्रदान गरेका हुन्।

पोखरा स्पोर्ट्स अवार्डमा मनोनयन

चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को सर्वोत्कृष्ट खेलाडी पुरुषमा युकेश गुरुङ (प्याराग्लाइडिङ), रूपक नेपाली (फुल कन्ट्याक्ट कराते) र अमृत थापा (स्क्वास) मनोनित भएका छन्।

सात पत्रकारलाई रोटरी जर्नो अवार्ड

नागरिककर्मी पवित्रा सुनारसहित सात पत्रकार रोटरी जर्नो अवार्ड–२०१९ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक नेपाल–३२९२ ले नेपाल पत्रकार महासंघ र अन्य संस्थाहरूको समन्वयमा जनही २५ हजार रुपैयाँ राशिसहित उनीहरू पुरस्कृत भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्