७ पुस २०८१ आइतबार
image/svg+xml

पत्रकारलाई सम्मान र पुरस्कार

चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापनाको २० औं वर्षको अवसर पारेर दुई सञ्चारकर्मीलाई सम्मान तथा तीनलाई पुरस्कार प्रदान गरेको छ । मंगलबार साँझ राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले रंग पत्रकारहरूमा नरेश भट्टराई र श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता सम्मान’ बाट सम्मानित गरे । उनीहरूले सम्मानसँगै सम्मानपत्र, दोसल्ला र ट्रफी प्राप्त गरे ।

लम्साल र खड्गी सम्मानित

‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साल सम्मानित भएका छन् । चलचित्र पत्रकार संघ मकवानपुरले २० औं चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई मंगलबार हेटौंडामा ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै, ‘चलचित्रकर्मी सम्मान २०७६’बाट द्वन्द निर्देशक तथा कलाकार राजेन्द्र खड्गी सम्मानित भएका छन् । पारिवारिक समस्याले कार्यक्रममा अनुपस्थित उनलाई अन्य कार्यक्रममा सम्मान प्रदान गरिने संघका अध्यक्ष मणिराज गौतमले बताए ।

मिडिया काउन्सिल विधेयकः संशोधनका विषय

अवधारणागत हिसाबले ठीकै देखिए पनि जम्मा ३२ दफामा समेटिएको विधेयकले गरेको काउन्सिलको गठन प्रक्रिया, सजायको व्यवस्था र यसमा समावेश अन्य धेरैे विषयहरू स्वतन्त्र प्रेस जगत्को निर्माण तथा स्वायत्त काउन्सिलको अवधारणाका हिसाबले आपत्तिजनक छन्।

पत्रकार दोस्रो चरणको आन्दोलनमा

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहित ल्याइएको मिडिया काउन्सिल विधेयक सच्याउन सरकार तयार नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न पक्षसँग छलफलदेखि मानव साङ ो बनाई बृहत प्रदर्शन गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो।

पत्रकार महासंघले घोषणा गर्‍यो दोस्रो चरणका संघर्षका कार्यक्रम

नेपाल पत्रकार महासंघले मिडिया काउन्सील सम्वन्धी विधेयकमा आपत्ति जनाउँदै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आइतबार बसेको महासंघको बैठकले पहिलो चरणको आन्दोलन पछि पनि महासंघले उठाएका जायज मागहरु सम्वोधन गर्नेतर्फ सरकारले कुनै गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको जनाएको छ।

आरएसएफद्वारा पत्रकारमाथिको छानबिन रोक्न आग्रह

रिपोटर्स् विदआउट बोर्डर (आरएसएफ)ले राष्ट्रिय समाचार समितिमा कार्यरत तीनजना पत्रकारमाथिको छानबिन रोक्न सरकारसँग आग्रह गरेको छ। राससमा दलाई लामाको स्वास्थ्यका विषयमा प्रकाशित समाचारलाई लिएर चीनले दबाब दिएका कारण पत्रकारमाथि छानबिन सुरु गरिएको भन्दै उसले छानबिन रोक्न माग गरेको हो।

संघीयभन्दा प्रदेश २ सरकार प्रेसप्रति बढी अनुदार

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ को संसद्मा पेस गरेको सञ्चारसम्बन्धी विधेयकमा सञ्चारकर्मीलाई १ करोड रुपैयाँसम्म जरिबाना गर्ने प्रवधान राखेपछि प्रदेशका सञ्चारकर्मीले त्यसको कडा प्रतिवाद गरेका छन्।

विधेयकको विरोध गर्दै सडकमा पत्रकार

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्।

मिडिया काउन्सिल सम्वन्धी विधेयकको विरोधमा प्रदर्शन

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्। नयाँ बानेश्वरमा सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो।

प्रेस स्वतन्त्रताप्रति अमेरिकी चासाे

नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि छानबिन सुरु भएको विषयमा आपत्ति जनाएको छ। अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

नरेश र श्यामलाई सम्मान

चलचित्र पत्रकार संघले चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका दुई पत्रकारलाई ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ।

सच्याउन दबाब

विधेयकमा रहेका प्रेसविरोधी प्रावधान हटाउन आग्रह गर्दै सोमबार नेपाल पत्रकार महासंघले पनि सभामुख र अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ। महासंघले मिडिया काउन्सिल विधेयकमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ।

विरोधीलाई सञ्चारमन्त्रीको जवाफ : ‘मिडियासम्बन्धी विधेयक आफैं फिर्ता लिए हुन्छ’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधानमै पूर्ण प्रेस स्वतन्त्रता रहेकाले प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताएका छन्। मंगलबार हेटौंडामा राष्ट्रिय सूचना प्रविधी केन्द्रको डिजास्टर रिकभरी सेन्टर उद्घाटन गरेपछि उनले आफूहरु प्रेस स्वतन्त्रताकै लागि लडेकाले व्यवस्थित गर्न मात्र खोजेको जिकिर गरे।

पत्रकारिता हिरोइजम हैन!

सरकारले नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीको घाँटी निमोठ्ने गरी मिडिया काउन्सील विधेयक ल्याउन लागेको भन्दै पत्रकार महासंघ लगायतका संबद्ध संस्थाहरुले विरोध गरे। महासंघले विधेयकमा धेरै आपत्तिजनक प्रावधानहरु समावेश गरीएको भन्दै संसोधन हुनुपर्ने भन्दै आन्दोलनको घोषणा पनि गर्यो। बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति कुनैपनि मिडियाहरुलाई मन परेन। प्रस्तावित विधेयकको दफा १८ मा जरिवाना गरी क्षतिपूर्ति भराइदिन सक्ने भन्ने प्रावधानले पत्रकारिताको विश्वव्यापी मान्यता र नेपालको संविधानको समेत उल्लंघन गरेको नेपाली सञ्चारजगतको धारणा छ। मिडिया काउन्सिलले पत्रकारका लागि आचारसंहिता जारी गर्ने र त्यो आचारसंहिता विपरीत कुनै सामाग्री प्रकाशन प्रसारण भएमा सम्बन्धित पक्षको उजुरीका आधारमा २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ। यसैको बिरोधमा सञ्चारक्षेत्र आन्दोलित भैरहदाँ पत्रकार कै कारण फेरी नेपाली मिडिया जगतमा बहस सुरु भएको छ। कारण टिभी कार्यक्रमको बिषयलाई लिएर सामाजिक सञ्जाल भरी पत्रकारहरुनै पत्रकारको पक्ष र विपक्षमा देखा परेका छन्।

प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाऊ : महासंघ

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखिएको भन्दै मिडिया काउन्सिल विधेयक रोक्न सभामुखको ध्यानाकर्षण गराएको छ। महासंघको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरालाई सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटी प्रेस स्वतन्त्रताविरोधी प्रावधान रहेको विधेयक रोक्न ध्यानाकर्षण गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्