२० आश्विन २०८१ आइतबार
image/svg+xml

कलैयामा दलित छात्रावास र वृद्धाश्रम बन्दै

कलैया उपमहानगरपालिका–२ को दोहरीस्थित अमर माविमा दलित छात्रावास र लंग्डा मठनजिक वृद्धाश्रम बन्ने भएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने सो छात्रावास र वृद्धाश्रम प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादले शनिबार एक कार्यक्रमबिच शिलान्यास गरेका हुन्।

अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल

रौतहटको दुर्गा भगवती गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत अढाई सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल प्रदान गरेको छ। पालिका क्षेत्रअन्तर्गतका तीनवटा सामुदायिक विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत २५३ छात्रालाई एक समारोहबीच सोमवार निःशुल्क साइकल प्रदान गरिएको हो। गाउँपालिकामा रहेका सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहिया, संस्कृत माध्यमिक विद्यालय मत्सरी र आधारभुत विद्यालय पचरुखीका छात्राहरुलाई निःशुल्क साइकल उपहार प्रदान गरिएको गाउँपालिका प्रमुख अरुण साहले जानकारी गराएका छन्।

जब प्रियंकाले छात्रालाई महिनावारीबारे शपथ गराइन्... (फाेटाे फिचर)

‘म महिनावारी हुँदा विद्यालय छुटाउदिनँ, महिनावारी भन्न र प्याड प्रयोग गर्न लाज मान्दिनँ’ नायिका प्रियंका कार्कीले आधारभूत निम्न माध्यमिक विद्यालयकी छात्रा नजराना खातुनलाई उच्चारण गर्न लगाइन। धनुषाको भुग्राहास्थित विद्यालयमा आयोजित समारोहमा प्रियंकाले महिनावारी र प्याड प्रयोगबारे जानकारी गराउँदै छात्रालाई सपथकै शैलीमा प्रतिबद्धता गर्न लगाइन। प्रियंका प्याड, झोला, डस्टबिन बोकेर सोमवार धनुषा आएकी थिइन्।

अज्ञात रोगले छात्राहरु वेहोस

जाजरकोटको नलगाड नगरपालिका ८ जिकुवास्थित एक विद्यालयमा अज्ञात रोगका कारण छात्राहरु वेहोस हुनथालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ।

छात्रालाई साइकल उपहार

रौतहटको परोहा नगरपालिकाले निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल उपहार दिने अभियान नै थालेको छ। गाउँभन्दा टाढा पढ्न जानुपर्दा कक्षा छुट्ने गरेको विषयलाई गम्भीरतापूर्वक लिएर नगरपालिकाले छात्रालाई साइकल दिने अभियान थालेको हो।

नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रावृत्ति

भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीहरुका लागि छात्रावृत्ति उपलब्ध गराउने भएको छ।

छात्रालाई पोर्न फिल्म देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुर्व्यवहार गरेको भन्ने उजुरी परेको छ। दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

अभाव झेल्दै चेपाङ छात्रावास

विद्यालयबाट घर फर्किंदा साना वन्यजन्तु र चराचुरुंगी भेटिनु गोविन्द चेपाङका लागि नौलो लाग्दैन। घरदेखि आधा घण्टा नजिकको विद्यालयमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ। त्यसभन्दा माथिल्लो कक्षाको पढाइका लागि तीन घन्टा परको विद्यालय जानु उनको बाध्यता थियो। दिनहुँ जंगलको बाटो आउजाउ गर्नुपर्थ्याे। उनी अहिले श्री निम्न माध्यामिक विद्यालय, गोविन्द बस्तीमा कक्षा ८ मा पढ्छन्।

विद्यालयमै सेनेटरी प्याड

मोलुङ गाउँपालिका–१, बुङनामस्थित सरस्वती माविका छात्रालाई सेनेटरी प्याड उपलब्ध गराइएको छ। वडाध्यक्ष प्रदीप बानियाँको सहयोगमा छात्रालाई महिनावारीका बेला सहज होस् भनेर विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिएको हो।

त्रिविको ४४ औं दीक्षान्तमा छात्रा वर्चस्व

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा लामो समयदेखि छात्रहरु सर्वोत्कृष्ट हुँदै आएका थिए भने यस वर्षको दीक्षान्तमा छात्राहरु उत्कृष्ट भएका छन्। विगतमा एक दुई विषयमा मात्र छात्रा उत्कृष्ट हुने गरेका थिए भने यस वर्ष उत्कृष्ट विद्यार्थीको पदकमा छात्राहरुकै बाहुल्यता रह्यो।

छात्रा फुटसलकाे उपाधि संस्कृति इन्टरनेसनललार्इ

युरो स्कुल हात्तीगौँडाद्वारा आयोजित प्रथम क्यु.के.एस छात्रा फुटसल प्रतियोगिताको उपाधि संस्कृति इन्टरनेसनल स्कुलले जितेको छ।

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग

विद्यालय हाताभित्रै चिटिक्क परेको सुविधायूक्त छात्रावास भवन पाउँदा दृष्टिविहिन विद्यार्थी कृष्ण थापामगर फुरुंग देखिन्थे। छात्रावासदेखि विद्यालय कोठासम्मको आउ जाउ सहज भएपछि उनमा खुशीकाे सिमा छैन। नेपाल हिल्फे वाइलिङग्रिस जर्मन नामक संस्थाले छात्रावास भवन निर्माण गरेर भूकम्पपछि गुमेको दृष्टिविहिन विद्यार्थीको खुशी फर्काएको हो।

नवनिर्मित छात्रावास विद्यालयलार्इ हस्तान्तरण

हेलम्बुमा रहेको गोल्मादेवी माविको नवनिर्मित छात्रावास भवन स्थानीय सरकारलाई हस्तान्तरण गरीएको छ।

शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट, कानमा गम्भीर चोट

बर्दियामा एक शिक्षकले छात्रामाथि निर्घात कुटपिट गरेका छन्। गुलरिया नगरपालिका ३ स्थित सिरकोईया आधारभुत विद्यालयका शिक्षक विजय यादवले कुटपिटबाट चार कक्षामा अध्यनरत ९ बर्षीया छात्रा चन्दा तमौलीको दुबै कानमा गम्भीर चोट लागेको छ।

छात्राहरु एक्कासी बेहोस हुन थालेपछि अविभाबक चिन्तित

गोरखाको भिमसेन थापा गाउँपालिका ८ जागेश्वर माध्यामीक विद्यालयमा छात्राहरु एक्कासी बेहोस हुन थालेपछि शिक्षक र अविभाबक चिन्तित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्