१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अज्ञात रोगले छात्राहरु वेहोस

जाजरकोट - जाजरकोटको नलगाड नगरपालिका ८ जिकुवास्थित एक विद्यालयमा अज्ञात रोगका कारण छात्राहरु वेहोस हुनथालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ। एक्कासी छात्राहरु कराउने, काम्ने र भागदौड गरेर वेहोस हुने लक्षण देखा परेपछि पन्चभयार माध्यमिक विद्यालय जिकुवाका विद्यार्थी र शिक्षक आतंकित वनेका प्रधानाध्यापक हुमप्रकास सिंहले बताए।

उनले रोग पत्ता लाग्न नसकेको र  नजिकै स्वास्थ्य संस्थाहरु नभएका कारण छात्राहरुमा देखिएको अनौठो रोगको निदान हुननसकेको बताए। छात्राहरु वेहोस हुने समस्याले विद्यालयको पढाई गत तीन दिनदेखि प्रभावित भएको प्रधानाध्यापक सिंहले बताए। यस्तै सोही विद्यालयका शिक्षक नरेन्द्रकुमार केसीका अनुसार कक्षा ३ देखि ८ कक्षा सम्मका छात्राहरु वेहोस हुन थालेका हुन्।

शिक्षक केसीले गत बिहीबारदेखि छात्राहरु वेहोस हुनेक्रम वढेको र अहिलेसम्म उनीहरुको कुनै उपचार हुननसकेको  बताए। गतवर्ष पनि यही समयमा विद्यालयका डेढ सय बढी छात्राहरु यस्तै अज्ञात रोगका कारण विरामी हुँदा लामो समय विद्यालयको पढाइ अवरुद्ध भएको थियो।

उता विद्यालयका छात्राहरुमा देखिएको अज्ञात रोगका वारे आफूहरुलाई कुनै जानकारी नआएको र प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका स्वास्थ्यकर्मीहरुलाई उपचारको व्यवस्था मिलाउन आग्रह गरिने नलगाड नगरपालिकाका मेयर टेकवहादुर रावलले बताए। 

प्रकाशित: ११ फाल्गुन २०७५ १७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App