२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

देशभर आंशिकदेखि सामान्य बदली हुने

मनसुनी वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पूर्वी भूभाग हुँदै जुन १२ (गत जेठ ३०) गते प्रवेश गरेको मनसुन सक्रिय भएसँगै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन्।

तीन दिन यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

सक्रिय हुँदै मनसुन, आज राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

मौसमविद्का अनुसार अहिले पनि काठमाडौं उपत्यकासहित म्याग्दी, तनहुँ, काभ्रे सिन्धुली र आसपासका केही स्थानमा वर्षा भइरहेको छ।

दक्षिणपश्चिम चीनमा व्यापक वर्षा, बाढी र डुबानमा परी आठको मृत्यु

चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ।

अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना

सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ। यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशभरि तथा प्रदेश नं ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ।

चक्रवात ‘निसर्ग’ को प्रभाव: देशभर बदलीसँगै वर्षाको सम्भावना

भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ। निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ।

सीमा नाका पुगेका नेपालीलाई वर्षाले समस्या

लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरुको बिजोग भएको छ।

प्रिमनसुनको प्रभाव : तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान: मेघगर्जनसहित वर्षाको सम्भावना

भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अंपुन चक्रवातको असरबाट बच्न सावधानी अपनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय खोटाङले भारतको उडिसा, वेष्टबंगाल लगायतका क्षेत्रमा चलिरहेको अंपुन चक्रवातको असरले नेपालमा प्राकृतिक विपत्ती निम्तिने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

सुनकोसीको अस्थायी बेलिब्रिज हटाउन सुरु

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाउन सुरु गरिएको छ । दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिरमा जडान गरिएको बेलिब्रिज हटाउन सुरु गरिएको हो ।

चक्रवात अंपुनको प्रभाव: तीन दिन मेघ गर्जनसहित वर्षाको सम्भावना

चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना

विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर प्रि–मनसुन सुरु, प्रदूषणको मात्रा १० मा झर्‍यो

देशभर प्रि–मनुसन सुरु भएको छ, जसबाट दिनहुँजसो हावाहुरी, बदली तथा मध्यम तथा हल्का वर्षा हुने मौसमविद्हरूले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्