९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

अंपुन चक्रवातको असरबाट बच्न सावधानी अपनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय खोटाङले भारतको उडिसा, वेष्टबंगाल लगायतका क्षेत्रमा चलिरहेको अंपुन चक्रवातको असरले नेपालमा प्राकृतिक विपत्ती निम्तिने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । 

बंगालको खाडीबाट बिकसित भएपछि भारतको पश्चिम बंगाल–बंगलादेशको तटीय क्षेत्रतर्फ अगाडि बढिरहेको चक्रवातको असरले नेपालमा हावाहुरी, चट्याङ, असिनापानी पर्न सक्ने सम्भावना देखिएकाले सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बुधबार सूचना जारी गर्दै सावधानी अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको हो ।  

चक्रवातको अप्रत्यक्ष प्रभावका कारण बुधबार देशभर सामान्य बदली रही पूर्वी भू–भागका धेरैजसो स्थानमा मौसम बदलीसँगै मेघगर्जन, चट्याङ र हावाहुरीसहितको बर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ । बंगालको खाडीबाट विकसित भएको अंपुन चक्रवात हाल थप शक्तीशाली बनेर भारतको पश्चिम बंगाल–बंगलादेशको तटीय क्षेत्रतर्फ बढिरहेको छ ।  

नेपालमा अंपुनको पत्यक्ष प्रभावन नहुने भए पनि अप्रत्यक्ष प्रभावबाट पूर्वी तथा मध्य क्षेत्रको मौसम तीन÷चार दिन प्रभावित हुने देखिएको मौसमविदले बताएका छन् । 

प्रकाशित: ७ जेष्ठ २०७७ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App