२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

वर्षातसँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ ।

मौसम बदली हुँदा देशभर वर्षा, तीन दिन यस्तै हुने

मौसम बदली हुँदा सोमबार बिहानैदेखि काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

देशभर बदलीसँगै वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढीले बगाएर १०० बाख्रा र चार गोरु मरे

जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा मङ्गलबार बिहानको अविरल वर्षाका कारण आएको हाउडी खोलाको बाढीले बगाएर तीन परिवारका १०० भन्दा बढी बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पाकिस्तानमा भारी वर्षा, कम्तीमा २० को ज्यान गयाे

पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण पछिल्लो २४ घन्टामा कम्तीमा २० जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

वर्षाका कारण रुवान्डामा ५३ को मृत्यु

वर्षाका कारण रुवान्डामा यस वर्ष अहिलेसम्म ५३ को मृत्यु भएको छ। आपत व्यवस्थापन मन्त्रालयका अनुसार वर्षा र वर्षापछि घटनामा परी यस अवधिमा अरु ८४ जना घाइते भएका छन्।

वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ।

पश्चिमी वायुको प्रभाव हल्का वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ।

मौसममा फेरि बदली, अपरान्ह पश्चात वर्षाको सम्भावना

केही दिन सुधार आएको मौसममा फेरि बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशको मध्य तथा पूर्वी पहाडी भू-भागमा आशिंकदेखि सामान्य बदली भएको छ भने मध्य तथा पुर्वी तराई भू-भागमा हुस्सुरकुहिरो लागिरहेको छ। पश्चिमी भू-भागको थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको छ।

बदलीसँगै वर्षाको सम्भावना

भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ। उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।

आजबाट मौसममा सुधार हुने

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्