८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

मौसम बदली हुँदा देशभर वर्षा, तीन दिन यस्तै हुने

काठमाडौं- मौसम बदली हुँदा सोमबार बिहानैदेखि काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ। अहिले देशभरी नै मौसम बदली भएको छ। महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्णबदली रही देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको छ। यस वर्ष वैशाख लागेदेखि नै मौसममा बदली आइरहेको र प्रिमन्सुन सुरु भएकाले वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले अवको तीन दिनसम्म समान्य्देखि पूर्णबदलि हुने र मेघ गर्जन सहित वर्षा हुने बताएको छ। सोमबार दिनभर काठमाडौं उपत्यका सहित देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्णबदली हुने छ भने केही स्थानमा मेघगर्जन सहित चट्याङ पर्ने र असिना र हावाहुरी सहित वर्षा हुने छ। यस्तै मंगलबार पनि पश्चिमी भू–भागाका धेरै स्थानहरु र मध्य तथा पूर्वका केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै २४ गते बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी क्षेत्र, पूर्वी र मध्य तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको अनुमान पनि महाशाखाले गरेको छ। 

प्रकाशित: २२ वैशाख २०७७ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App