१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कर्णालीको पीडाः नागरिकता छ भने मात्रै 'नुन'

शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ।

चिसोबाट बँच्न दाउराका लागि भाैंतारिंदै जुम्ली महिला

केही दिनदेखि जुम्लासहित देशभर अत्यधिक रूपमा चिसो बढ्दै गएको छ। जुम्लामा चिसोका कारण घरबाट बाहिर निस्किनै मुस्किल हुन थालेको छ। जुम्लाका ग्रामीण क्षेत्रका महिलाहरू यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्।

छठ गीतमा मुग्ध मधेस

सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस सिरहाका मैथिली भाषाका सहप्राध्यापक उमेशकुमार झाका अनुसार छठका मैथिली, भोजपुरीलगायत भाषामा गाइने प्रत्येक गीतले शुद्धता, सद्भाव र उपकारको भाव बोकेका छन्।

हिउँदे घाँसको जोहो गर्दै जुम्लाका महिला

जुम्लाका स्थानीय यतिबेला गाईबस्तुका लागि घाँस जोहो गर्न व्यस्त छन्। हिउँदमा हिमपात हुने भएकाले उनीहरू गाईगोरु, भेडाबाख्रा, भैंसीका लागि हिउँदे खुराक जोहो गर्न व्यस्त भएका हुन्।

विश्व तापमानमा खान्कीको जोहो

अहिलेको सबैभन्दा उत्तम विकल्प भनेको वनस्पतिको आनुवांशिक पदार्थमा हेरफेर गरी बोटबिरुवालाई प्रतिकूल अवस्थामा समेत प्रतिफल दिन सक्ने बनाउने हो।

ओलाङचुगोलावासीलाई घाँसको जोहो गर्न चटारो

ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ। हिउँदमा हिमपात हुने हुँदा उनीहरू चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन्।

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए।

बढ्यो कोरोनाः छैन अक्सिजनको जोहो

अहिलेसङ्क्रमणको दर ८८ पुगेको छ। आइतबारमात्रै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारसहित ४० मा सङ्क्रमण पुष्टि भएको छ।

जनस्वास्थ्यमा सरकार रमिते बनेपछि अक्सिजन जोहो गर्दै युवा

रोल्पामा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै जिल्लामा संक्रमितको संख्या ५ सय ३८ पुगेको छ। यसैगरि गत २४ घण्टामा एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।

खोलाको धमिलो पानी खानुपर्ने बाध्यता हट्यो

भेरीगंगा नगरपालिका–२ कुकुरफालेकी सुशीला रानाले जीवनको अधिकांश समय खानेपानीको जोहोमै बिताइन् ।घरदेखि थर्मुरे खोला पुगेर एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्थ्यो । बर्खाको भेलमा खोला पुगेर पानी ल्याउनु झनै सकस हुन्थ्यो ।

सरकार एक खर्ब ६३ अर्ब ३२ करोड जोहो गर्दै

सरकारले सबै स्थानीय तहको कार्यालय भवन निर्माणका लागि डेढ खर्ब रुपैयाँभन्दा बढीको परियोजना अघि बढाएको छ । एक खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने परियोजनामा वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका भवन निर्माण हुनेछन् । परियोजनाको कुल रकममध्ये १ खर्ब २२ अर्ब ८ करोड रूपैयाँ सरकारले बेहोर्र्नेछ भने बाँकी रकम सम्बन्धित स्थानीय तहले बेहोर्नेछन् ।

भ्रष्टाचार गरेर चुनावी खर्च जोहो गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ: भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले राजनीतिक स्थिरताको जगमा टेकेर समृद्ध नेपाल बनाउन चाहेको बताएका छन्।

हकप्रद–आइपिओका लागि रकम जोहो गर्दा बजार खस्कियो

लगानीकर्ताले हकप्रद र प्रारम्भिक निष्कासन (आइपिओ) हुने सेयरका लागि रकम जोहो गर्न थाल्दा सेयर बजार खस्किएको छ। बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन नगदको सट्टा हकप्रद सेयर जारी गर्न थालेपछि लगानीकर्ताले उक्त सेयर खरिदका लागि धमाधम सेयर बिक्री गर्न थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्