पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक ज्यामरुककोट
उत्तरतर्फ धौलागिरि, नीलगिरि लगायतका नौ हिमालको लोभलाग्दो दृश्य। दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट।
उत्तरतर्फ धौलागिरि, नीलगिरि लगायतका नौ हिमालको लोभलाग्दो दृश्य। दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट।
२०२३ जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट मात्र ५७ हजार ७ सय २६ जना विदेशी पर्यटक भित्रिए। ती मध्ये २५ हजार ७ सय १४ जना सार्क मूलूकका पाहुना छन्। महिनाभर भित्रिएका विदेशी पाहुना मध्ये करिब आधा पाहुना सार्क मुलुकका रहेको तथ्यांकले देखाउँछ। जुलाई महिनामा भित्रिएका विदेशी पर्यटकमध्ये ४४.५ प्रतिशत सार्क मूलुकका छन्।
वरपर जंगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार। उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ।महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो। सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो।
केहीदिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोकचोकमा यतिबेला फोहोरको थुप्रो लागेको छ।
तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ।
‘मुलुकमा पर्यटक आगमनले गति लिएसँगै उनीहरूसँग सम्बन्धित उजुरी पनि बढेका छन् तर संख्याको हिसाबले यो तथ्यांक अझ कम हो,’ सुगन्ध श्रेष्ठले भने, ‘कति ‘केस’ उजुरी नै गरिँदैन, कति पर्यटकलाई पर्यटक प्रहरीबारे नै थाहा छैन।’
पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो। खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ‘ट्रेक कार्ड’ लागु गरेको छ।
‘घुमन्ते’ले आफ्नो सामाजिक सञ्जाल युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राममा नेपालका विभिन्न ठाउँहरू घुमेका भिडियो राख्छ र ती ठाउँहरूको प्राकृतिक, सामाजिक र सांस्कृतिक पक्षलाई समेटी सुन्दर भिडियोहरूमार्फत पर्यटन प्रवर्धन गर्छ।
लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन्।
कुल १ सय ४८ वटा होटलमध्ये १८ वटा होटल पाँच तारे रहेका छन्। गत चैत महिनामा इच्छा होटलले पाँच तारे होटलको अनुमति पाएसँगै मुलुकमा पाँच तारे होटलको संख्या १८ पुगेको हो।
गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुंगेघर नै हो। घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झन् मोहित बनाउँछ।
नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ।
बन्दीपुर गाउँपालिकाको संयोजकत्वमा नवनिर्मित अस्थायी पर्यटक प्रहरी पोष्ट हस्तान्तरण गरिएको छ।