८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

लुम्बिनी केबलकारमा ३० हजार पर्यटक

लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन्।

आईएमई गु्रपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए।

एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेको र यसबाहेक विशिष्ट व्यक्ति, कलाकार, सेलिब्रिटीसमेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिले जनाएको छ। जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका छन्।

केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउँपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत,सशस्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक,अपाङ्गता भएकालाई पनि टिकटमा छुट दिएको छ।

आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए।

टप स्टेशनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान् शिवको वाहन नन्दीसहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउँ र संरचनाहरू रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटक आएको प्रालिले जनाएको छ।

 २.६ किलोमिटर दूरीको केबलकारको टप स्टेशन समुन्द्री सतहबाट करिब तीन हजार फिट उचाइमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शीतल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ।

टप स्टेसनमा एक अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुलसहितको पाँचतारे होटेल बन्ने प्रक्रियामा रहेको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयाँ पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाइ लम्ब्याउन योगदान पुग्ने अध्यक्ष ढकालले बताए।

लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको क्षतिपूर्ति दिन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बताउँछन्।

लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयाँ पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाइ लम्ब्याउन योगदान पुग्ने अध्यक्ष ढकालले बताए।

केवलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले एकएक प्रतिशत पाउने गरी सम्झौता भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए।

नेपालमा सञ्चालनमा रहेका ६ वटामध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि ७५० रूपैया र भारतीयका लागि ७५० भारु रहेको छ। केवलकारले प्रत्येक टिकट मूल्यको एकएक प्रतिशत रकम दुई वटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाको दीर्घकालीनरूपमा विकासमा ठूलो योगदान पुग्ने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए।

प्रकाशित: २९ असार २०८० ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App