२ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाल क्यान्सर अस्पताल दोस्रो वर्षमा

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर दोस्रो वर्षमा प्रवेश गरेको छ ।क्यान्सरका बिरामीलाई अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतीसँग सामना गर्ने उद्देश्यले एक वर्षअघि यो अस्पताल सञ्चालनमा आएको थियो।

देशभरका अस्पताल सफाई अभियान चलाइने

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालसहित देशभरका सरकारी अस्पताल सफा र व्यवस्थित बनाउन अभियान अघि बढाइने बताएकी छिन्। बिहीबार पत्रकार सम्मेलनमार्फत उनले यस्तो घोषणा गरेकी हुन्। ‘वीर अस्पतालबाट अभियान सुरु भएको छ, केही समय लाग्ला तर देशभरका सरकारी अस्पताल सफा गर्छौं,’ उनले भनिन्।

उधारोमा अस्पताल चम्काउँदै धुर्मुस

वीर अस्पतालको एउटा कोठा । कोठाभरी बाल्टिन, जग र डस्विनको चाङ । कोठाको बीचतिर एउटा टेबल र टेबुल दायावायाँ दुई कुर्सी । सो कोठा वीर अस्पताल सफाइका लागि सक्रिय धुर्मुस–सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइएको हो । त्यहीँ खटिइरहेका छन्, हास्य कलाकार सीताराम कट्टेल।

‘वीर अस्पताल अब सधैं सफा हुन्छ’: बस्नेत

राजधानीस्थित मुलुककै जेठो अस्पताल, वीर अस्पतालमा अहिले सरसफाइ भइरहेको छ । वीर अस्पतालको मुहार नै फेर्ने गरी धुर्मुस–सुन्तली फाउण्डेशनले सरसफाइको काम गरिरहेको छ । यसअघि अस्पताल आफैले गरेको सरसफाइ किन सफल हुन सकेन ? सफाइका लागि धुर्मुस–सुन्तली फाउण्डेशन नै किन आउनु पर्यो ? अस्पताल सधैं सफा राख्न के–कस्ता चुनौती छन् ? आदि विषयमा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतसँग नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीः

जिल्ला अस्पतालमै पानीको समस्या

जिल्ला अस्पताल सल्लेमा पानीको समस्या भएको छ। नजिकै मुहान नहुनु र गर्मी समयमा पानीको मुहान सुक्दै जाँदा कार्यालयमा पानीको समस्या भएको हो।

राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना

राष्ट्रकवि माधव प्रसाद घिमिरेको स्वास्थ्य स्थिति कमजोर भएपछि ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। केही महिनादेखि अस्वस्थ घिमिरेको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको हो।

नारायणी अस्पतालमा बदमासी, सामान लिलामीका नाममा हिनामिना

नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका हजारौं थान सामान कबाड घोषित गरेर कौडीको भाउमा बेचेको खुलासा भएको छ । मर्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थाका सामान र कतिपय राम्रै अवस्थाका सामान पनि कौडीको मूल्यमा बेचेको भेटिएको हो ।

आइएमई इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रालिबीच आफ्ना ग्राहकलाई नगदरहित हस्पिटलाइजेसन सेवा प्रदान गर्ने सम्झौता भएको छ।

क्यान्सर अस्पताललाई रेडियोथेरापी

नेपालको दुईदिने धार्मिक भ्रमण सकेर शनिबार स्वदेश फर्केका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भारतमा विकसित भावाट्रोन रेडियोथेरापी मेसिन स्थापना गरिदिने घोषणा गरेको जनाइएको छ।

प्रदेश ४ का सभामुख मेडिसिटी अस्पतालमा भर्ना

प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ।

स्थानीयवासीले बनाए अस्पताल

गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन्।

जिल्ला अस्पतालमै छैन् शौचालय र खानेपानी

जिल्ला अस्पताल रौतहट आधारभुत मानविय सेवा सुविधावाट समेत बञ्चित भएको छ। अस्पतालमा न त  खानेपानीको व्यवस्था छ, न त शौचालयकै जताततै गुटखा, पराग र सर्तिजन्य खाएर थुक फालेको देखिन्छ। साथै दुर्गन्ध फैलिएर सध्य मान्छेपनि विरामी बन्न सक्ने अवस्था छ।

तिलगंगा आँखा अस्पताललाई सरकारको १० करोड

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले तिलगंगा आँखा अस्पताललाई १० करोड प्रदान गरेको छ। उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले अस्पतालका प्रमुख सन्दुक रुइतलाई मंगलबार १० करोड रकमको चेक हस्तान्तरण गरे। सरकारको सहयोगपछि सर्वसाधारणले आँखाको उपचार अझै सहुलियतमा गर्न सकिने बताइएको छ।

कर्णाली प्रदेशका ६४ प्रतिशत अस्पताल बाहिरै सुत्केरी

कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्