मुम्बई– बलिउडकी अभिनेत्री विपाशा बसु अस्पताल भर्ना भएकी छिन्।
श्वासप्रश्वासमा समस्या आएपछि उनी मुम्बईस्थित हिन्दूजा हेल्थ केयर अस्पतालमा उपचाररत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विपाशाको स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उपचार गरिरहेको र स्वास्थ्यमा क्रमश सुधार आइरहेको छ।
२०१५ मा फिल्म अलोनमा देखिएकी विपाशा ३ वर्षयता फिल्मी क्षेत्रबाट टाँढिएकी छिन्। यो बीचमा उनले अभिनेता करण सिंह ग्रोवरसँग विहे गरेकी थिइन्।
प्रकाशित: १९ जेष्ठ २०७५ १३:०८ शनिबार