२ मंसिर २०८१ आइतबार
image/svg+xml

संसार देखाउँदै विश्वकै अब्बल आँखा अस्पताल

माेतियाबिन्दुको कारण बायाँ आँखाको दृष्टि गुमाएका सप्तरी बलानबिहुल गाउँपालिका २ मौवाहाका उम्देश्वर साह दृष्टि पाउँदा खुशीले गदगद भए। सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रियापछि दृष्टि पाएका उनमा खसीको सीमा थिएन।

अस्पताल निर्माण गर्ने बिषयमा दुई पक्षबीच झडप, दुई घाइते

बाराकाे पचरौता नगरपालिकामा निर्माण गरिने नगरस्तरीय अस्पतालको बिषयलाई लिएर सोमबार दुई पक्षबीच झडप भएको छ। झपमा परी फोरमका स्थानीय कार्यकर्ता रमेश यादव र सुखारी प्रसाद यादव घाइते भएका छन्। घाइतेको कलैया अस्पतालमा उपचार भैरहेको बारा प्रहरीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेकाे छ।

हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि

दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुगे। बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराए। स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिए।

चार वर्षमा पनि बनेन अस्पताल भवन

गुठिचौर गाउँपालिकाकी लक्ष्मी बुढा आमाको उपचारका लागि एक हप्ताअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगिन्। उनले आमाको उपचारका लागि छानेर चिकित्सक पाइन्, नियमित चिकित्सकको निगरानी देखिन्, अस्पतालको खटिएका कर्मचारीको रेस्पोन्स पनि राम्रो देखिन्, तर नजिकैको जलेको भवन देख्दा झस्किइन्।

पोखरा प्रिमियर लिगलाई ग्राण्डी अस्पतालको साथ

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ।

कान्ति अस्पतालमा बजेट अभाव

कान्तिबाल अस्पतालले दशैंपछि आफ्ना कर्मचारीलाई तलब खुवाउन नसक्ने भएको छ। कान्तिबाल अस्पतालका निर्देशक गणेश राईले नागरिकसँग यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

केइटा अस्पताल भर्ना

च्याम्पियन्स लिगअन्तर्गत बुधबार भएको लिभरपुल र नेपोलीबीचको खेलमा घाइते भएका लिभरपुलका मिडफिल्डर नाबी केइटा अस्पताल भर्ना भएको क्लबले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल दुई महिनादेखि प्रमुखविहीन

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल दुई महिनादेखि कार्यकारी निर्देशकविहीन अवस्थामा छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चासो नदिँदा यस्तो अवस्था आएको हो।

भेरी अस्पतालका तत्कालिन मेसु सुवेदी सहित आठै जना निर्दोष ठहर

भेरी अञ्चल अस्पताल नेपालगन्जको चर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले बिहीवार फैसला गरेको छ।

मुटुरोग लाग्न नदिन नर्भिकको प्रशिक्षण

नर्भिक अस्पतालले मुटुरोगबाट बच्न सर्वसाधरणलाई प्रशिक्षण दिएको छ । अन्तर्राष्ट्रिय मुटु दिवसका अवसरमा अस्पतालले सर्वसाधरणलाई लक्षित गरी प्रशिक्षण दिएको हो । कार्यक्रममा सहभागी १ सय ५० जनालाई प्रशिक्षण दिइएको थियो।

बी एन्ड बीको वाकाथन

विश्व मुटु दिवसको अवसरमा बी एन्ड बी अस्पतालले स्वस्थ्य मुटुको निम्ति नियमित व्यायामको महत्वलाई जोड दिने हेतुले ‘वाकाथन’ आयोजना गरेको छ।

६० कट्दा पनि स्वस्थ शरीर

वीर अस्पतालको नर्सिङ सेवाबाट हालै अवकाश प्राप्त काठमाडौं बागबजारकी नानीमैयाँ भुजुले अरूका स्वास्थ्य मात्र होइन, आफ्नो स्वास्थ्यमा समेत उत्तिकै ध्यान पु-याउँदै आएकी छन्।

कर्णाली प्रतिष्ठान कर्मचारी भर्ति केन्द्र बन्दै गएकाे अाराेप

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको  कर्मचारी कल्याणकारी समाजले प्रतिष्ठान भर्ति केन्द्र बन्दै गएको आरोप लगाएको छ।

सिभिल अस्पतालमा सवा सय शय्याको नयाँ भवन बन्ने

सिभिल अस्पताल निर्माण गरिदिएको चीन सरकारले अस्पतालको स्तरोन्नती परियोजनाअन्तर्गत १ अर्ब ३१ करोडमा आधुनिक सेवा सहितको १ सय १७ शय्याको नयाँ भवन बनाइदिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्