२ मंसिर २०८१ आइतबार
image/svg+xml

रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरू

एक वर्षदेखि काठमाडौंमा बसेर मिर्गाैलाको नियमित डायलासिस गराइरहेका रामेछापको खाँडादेवी गाउँपालिका–६, माकादुमका ३० वर्षीय मविन्द्र तामाङले बुधबारदेखि यो सेवा जिल्लामै पाएका छन्। सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालले जिल्लामै पहिलोपटक डायलासिस सेवा सुरु गरेको हो।

सुत्केरी आमा र बच्चाको मृत्यु,शङ्कारापुर अस्पतालमा तनाव

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ। मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुगेकी थिइन्।

सुत्केरीसँग सेवा शुल्क लिने अवस्थामा यो अस्पताल

अस्पतालमा नियमित गर्भ जाँच गर्ने तथा सुत्केरी हुने महिलालाई सरकारले प्रोत्साहन भत्ता दिने गरेको छ। तर कैलालीको टीकापुर अस्पताल भने यस्ता महिलासँग उल्टै सेवा शुल्क भन्दै रकम लिने अवस्थामा पुगेको छ।

बजेट अभावले समस्या

भरतपुर अस्पताल सञ्चालनका लागि यस वर्ष अस्पतालले बजेट पाएको छैन। अस्पताल सञ्चालनका लागि केन्द्रीय सरकारसँग ४० करोड रुपैयाँ माग गरे पनि बजेट नआउँदा समस्या भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल बताउँछन्।

आफैं रोगी छ मानसिक अस्पताल

मानसिक रोगबाट पीडित भाइलाई मानसिक रोग अस्पताल लगनखेलमा भर्ना गर्न सुर्खेतबाट आएका चन्द्रबहादुरलाई निकै समस्या प-यो। अनेक भनसुनपछि उनले भाइलाई गत मंसिर १७ गते अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका छन्।

चिसोका कारण बिरामी बढे

सातादेखि बढेको चिसोका कारण अस्पतालहरुमा चिसोका बिरामी बढेका छन्। उनीहरुमा दम, ब्रोकेंल आज्मा, टन्सिल, निमोनियाँ, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायतका रोग देखिएको अस्पतालका चिकित्सकले जनाएका छन्।

मुम्बईको अस्पतालमा भीषण आगलागी, ८ जनाको मृत्यु

भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु  छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्।

‘फेसबुक लाइभ’ डाक्टर

काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल नाम चलेका चिकित्सक हुन्। उनी नेपालका अति व्यस्त डाक्टरमा पर्छन्। व्यवस्तताका बीच पनि एक वर्षदेखि उनले एउटा यस्तो स्वास्थ्य अभियान सञ्चालन गरिरहेका छन्, जसले उनको  चर्चा अझ चुलिएको छ।

चौरजहारी अस्पतालको भवन बनाउन जापानको सहयोग

पश्चिम रुकुमस्थित चौरजहारी अस्पतालको आकस्मिक कक्ष निर्माणका लागि जापान सरकारले करिब ९५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

जुम्ला जान विशेषज्ञ चिकित्सकको हानाथाप

दशक अघिसम्म जुम्ला जाने भन्ने वित्तिकै विशेषज्ञ चिकित्सक कारवाही गरेको सम्झिन्थ्ये। आफ्नो कार्यक्षेत्रमा नगएरै सरकारी सुविधा उपयोग गर्थे। चिकित्सकको नेतृत्वमा चल्ने कर्णालीका अस्पताल अहेव र अनमीले चलाउथे।

कुश्मामा ५० शैयाकाे अस्पताल भवन निर्माण सुरु

पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक भवन निर्माण सुरु भएको छ। सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त भवनको शिलान्यास गरेका हुन्।

टिचिङ अस्पतालभित्र आत्महत्या

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्।

भेरी अस्पतालका डाक्टर र नर्सले तलब पाएनन्

भेरी अञ्चल अस्पताल नेपालगन्जको क्याथल्याब र आईसियु कक्षमा कार्यरत डाक्टर तथा स्टाफ नर्सले तलब नपाएको गुनासो गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्