फेवाताल संरक्षणका लागि अभियान, मुख्यमन्त्रीसँग छलफल
प्रदेश नम्बर ४ को गहना पोखराको फेवाताल संरक्षण र यसको विस्तृतिकरणका लागि कास्कीबाट प्रदेशसभामा निर्वाचित ३ सांसदले सक्रियता देखाएका छन्।
प्रदेश नम्बर ४ को गहना पोखराको फेवाताल संरक्षण र यसको विस्तृतिकरणका लागि कास्कीबाट प्रदेशसभामा निर्वाचित ३ सांसदले सक्रियता देखाएका छन्।
विश्व वातावरण दिवस नजिकिँदै गर्दा एक घर दुई विरुवा अभियान सञ्चालन गरिएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको एकीकृत काँडाघारी समाजले एक घर दुई विरुवा अभियान सुरु गरेको हो।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालसहित देशभरका सरकारी अस्पताल सफा र व्यवस्थित बनाउन अभियान अघि बढाइने बताएकी छिन्। बिहीबार पत्रकार सम्मेलनमार्फत उनले यस्तो घोषणा गरेकी हुन्। ‘वीर अस्पतालबाट अभियान सुरु भएको छ, केही समय लाग्ला तर देशभरका सरकारी अस्पताल सफा गर्छौं,’ उनले भनिन्।
नागरिक सूचना र सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले ‘एक घर एक स्टिकर’ टाँस अभियान सुरु गरेको छ। प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनकालागि प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यलयले सोमबारदेखि घर–घरमा सुचना टाँस्ने अभियान सुरु गरेको हो।
बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले स्वास्थ जागरण अभियान सुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा नारा दिइएको अभियानको शनिबार कपनको बालुवाखानीमा एक कार्यक्रमकाबीच सुरुवात गरिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ अभियान लिएर जनताको बीचमा जाने बताएका छन्। विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई नयाँ ढंगले जनता समक्ष पुर्याउने अभियान कांग्रेसले सञ्चालन गर्ने उनको भनाई छ।
अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख ‘टिच फर नेपाल’ शैक्षिक अभियानलाई सहयोग गरेका छन्।करिब १४ वर्षदेखि अमेरिकामा बस्दै आएका उनीहरूले आफ्नो विवाहमा मितव्ययिता अपनाउँदै सार्वजनिक शिक्षा सुधारको अभियानका लागि उक्त रकम सहयोग गरेका हुन्।
पर्यटकीय क्षेत्र लाङटाङ र गोसाइँकुण्ड क्षेत्रलाई प्लाष्टिक तथा सिसाजन्य फोहोरमुक्त घोषणा गर्नका लागि अभियान सुरु भएको छ।
कक्षा १२ सम्म सय–सय पूर्णांकको अनिवार्य नेपाली विषय समावेश गर्न थालिएको अभियानमा नेपाल शिक्षक महासंघ, त्रिवि नेपाली केन्द्रीय विभाग र मानक नेपाली भाषा अन्तर्राष्ट्रिय सञ्जालले ऐक्यबद्धता जनाएका छन्।
काठमाडौं महानगरपालिकाले सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउने अभियान थालेको छ । महानगरपालिकाले तीनकुने क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका फलामे छड, सिमेन्ट, इँटालगायत निर्माण सामग्री हटाइएको हो।
युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष प्रभात विक्रम कटवालले मुलुक समृद्धिको अभियानमा आम युवालाई जोड्न संघले समृद्धि र सुशासनका लागि युवा अभियान शुभारम्भ गर्न लागेको जानकारी गराएका छन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गरेका छन्।
व्यक्ति नाम र भौगोलिक नाम सांस्कृतिक पृष्ठभूमिसँग जोडिएका हुन्छन् । जस्तै काठमाडौँको “भगवान पाउँ” साक्षात भगवानको खुट्टा होइन तर सांस्कृतिक पहिचान बोकेको स्थाननाम हो।
कार्ल मार्क्सको द्विशतवार्षिकीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई पार्टी मात्र नभई अन्य कम्युनिष्ट पार्टी पनि एकीकृत हुने सम्भावना रहेको बताए । दाहालले भने, 'एक दुइटा बाँकी रहलान् तर सबै कम्युनिष्ट एक हुने अभियान सुरु भएको हो । एमालेसँगको एकता चाँडै नै हुन्छ।'
विनायोजनाका सेलिब्रेटीको बढ्दो संलग्नताले अभियान आफैँ एउटा सेलिब्रेटी मात्रै भएर टुंगिने पो हो कि भन्ने शंका पनि उत्पन्न गराएको छ ।