२ मंसिर २०८१ आइतबार
image/svg+xml

मि टु अभियानमा मुछिए मोदीका विदेश राज्यमन्त्री, पदबाट राजीनामा

भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिएका छन्। हलिउड हुँदै भारत आइपुगेको मि टु अभियानअन्तर्गत २० जना महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएपछि अकबरले बुधवार पदबाट राजीनामा दिएका हुन्।

घरेलु हिंसा अन्त्य गर्न नयाँ अभियान : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन्।

उन्मूलन होला टीके–पद्धति ?

राजतन्त्रको बेला तत्कालीन राजा महेन्द्रले ‘गाउँ फर्क अभियान’ नामक एउटा महान् योजनाको सुरूवात् गरेका थिए । अर्को अर्थ नलागेमा– पछि एमालेको ‘आफ्नो गाउँ आफैं बनाऊँ’जस्तै एउटा नारा थियो त्यो । अर्थात् गाउँको विकास नै समग्र राष्ट्रको विकास हो भन्ने अर्थ थियो त्यसको।

खानेपानीको समस्या सुल्झाउन नयाँ योजना

खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ।

बलात्कारविरुद्ध सय दिने सचेतना अभियान

सामुदायिक सूचना नेटवर्क (सिआइएन) ले बलात्कारविरुद्ध चेतना जगाउन सय दिने सञ्चार अभियान सुरु गरेको छ।

उत्तम सञ्जेलको तीन सय रुपैयाँको आदर्श विवाह ! (भिडियो)

समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेलले विहे गरेका छन्। उनले समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत कला अधिकारीसँग सोमबार गुहेश्वरी मन्दिर परिसरमा विहे गरेका हुन्।

जहाँसम्म जमिन, त्यहाँसम्म साईकल

कक्षा पाँचमा पढ्दै गर्दा उनी भागेर काठमाडौं गए। जहाज वा बसमा भने होइन। अजित बराल १० वर्षकै त्यो उमेरमा साइकल हाँकेरै पोखराबाट काठमाडौं पुगे। पोखरादेखि २०० किलोमिटर टाढा साईकलमा जानु भनेको पक्कै पनि सामान्य कुरा होईन। अजित बराल, जो साईकलमै जिउँछन्, भन्दा फरक नपर्ला। साईकलमै उनले आधा विश्व घुमिसकेका छन्।

‘राइड काष्ठमण्डप टु खोकना’

‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ अभियानले शनिबार दुई जना प्रख्यात साइक्लिष्टलाई सम्मानित गर्ने भएको छ । उसले चौंथो राइड काष्ठमण्डप टु खोकना कार्यक्रममा पुराना साइक्लिष्ट सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई सम्मान गर्न लागेको हो।

प्रभावकारी भएन प्लाष्टिकमुक्त अभियान

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई प्लाष्टिकमुक्त बनाउने अभियानको सुरुवात भएको पाँच वर्ष पुग्यो। नगरलाई प्लाष्टिकमुक्त बनाउनका लागि २०७१ सालमा नेपालका चर्चित गायकद्वय सुगम पोखरेल र डम्बर नेपालीलाई ‘सरसफाई दूत’ नियुक्त गर्यो।

मदिराविरुद्धको अभियानमा महिला, उपमेयरको नेतृत्वमा रक्सी पसल तोडफोड

नेपाल भारत सीमा क्षेत्रमा महिलाहरुले मदिरा पसलमा तोडफोड गरेका छन्। महिला हिंसाविरुद्धको सशक्त अभियान मञ्च रौतहटमा संलग्न महिलाहरुले सीमावर्ती क्षेत्रमा मदिरा भट्टी पसलमा शुक्रबार साँझ तोडफोड गरी अब उपरान्त मदिरा विक्री वितरण नगर्न चेतावनी दिएका छन्।

लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय सचेतना अभियान सुरु गरेको छ। स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।

रञ्जना ब्युँताउने अभियानमा सुनिता

‘यो क्याफेको बोर्ड रञ्जना लिपिमा लेख्नुपर्छ । कस्तो बनाउने भन्नुस्, म लेखिदिन्छु ।’ पूर्व मिस नेवाः सुनिता डंगोल बिहिबार झोसेंको किपाज क्याफेका कविर शाक्यसँग भन्दैथिईन्, ‘सुरुवात तपाईको क्योफेबाट गर्ने हो । राख्नचाँही यो टोलमा सबै बोर्ड रञ्जनामै राख्ने हो।’

विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान

विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उनले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गरेकी छन्।

नेपाल बंगलादेश बैंक र टिच फर नेपालको शैक्षिक अभियान

टिच फर नेपालसँग नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्