२ मंसिर २०८१ आइतबार
image/svg+xml

नयाँ शक्तिको १ महिने अभियान सुरु

नेपाल–भारत सिमानामा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती बिन्दु पाँचथरको चिवा भञ्याङबाट नयाँ शक्ति पार्टी नेपालको ‘जनसंवाद यात्रा २०७५’ सुरु भएको छ। एक महिनापछि पश्चिम बैतडीको झुलाघाटमा सकिने यात्राको पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले सुरुवात गरे।

नयाँ शक्तिको जनसंवाद पाँचथरको चिवा भञ्याङबाट सुरु हुँदै

नयाँ शक्ति पार्टीको जनसंवाद कार्यक्रम नेपाल–भारतको सीमानामा पाँचथरको चिवाभञ्याङबाट सुरु हुँदै छ। मंगलबार पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले  पुष्पालाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङबाट यो   अभियान शुभारम्भ गर्दै छन्।

करियर ध्वस्त हुने डरले बोल्दैनन् : रेखा थापा

संसारभर महिलामाथि हुने यौन दुव्र्यवहारविरुद्ध सुरु भएको ‘मिटु’ अभियानले चर्चा पाए पनि यो अभियान नेपालमा भने लोकप्रिय हुन सकेको छैन। हलिउड र बलिउड अभिनेत्री र कलाकारहरु सक्रिय रुपमा यो अभियानमा लागे पनि नेपाली अभिनेत्रीहरुले भने बोल्ने आँट नगरेको ठहर छ, अभिनेत्री रेखा थापाको।

प्रश्नपत्रमा त्रुटि भएकोमा आपत्ति

राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार सञ्चालित कक्षा ११ को अनिवार्य नेपाली विषयको ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्रमा अक्षम्य र आपत्तिजनक त्रुटि रहेको भन्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ ।

भूमिगत जलभण्डार जोगाउन ‘घर घरमा पानी, आफ्नै लगानी’

सहरीकरणसँगै खानेपानीका लागि जताततै इनार र डिप बोरिङ खन्ने क्रम बढेपछि काभ्रेको पाँचखाल नगरपालिकावासीले भूमिगत जलभण्डार रित्तिन नदिन ‘घर घरमा पानी–आफ्नै लगानी’ अभियान थालेका छन्। स्थानीयले आफ्नो योगदान, सरकारी अनुदान र ऋणमा खानेपानी आयोजना सञ्चालन गर्न लागेका हुन्।

छोरी शिक्षित नभए देश समृद्ध बन्न सक्दैनः रेखा थापा

नायिका रेखा थापाले समाजमा भइरहेको विभिन्न खाले बिकृति र विसंगतिलाई अन्त्य गर्न छोरीलाई अनिवार्य शिक्षा दिन आवश्यक रहेको बताएकी छिन्। देशमा जबसम्म छोरीहरु  शिक्षित भएर आत्मनिर्भर बन्दैन, तवसम्म हाम्रो देश नेपाल सम्म समृद्ध समाज एवं समृद्ध मुलुकको कल्पना गर्न नसकिने थापाले ठोकुवा गरिन।

महानगरको सफाईमा मन्त्री महासेठ

काठमाडौं महानगरपालिकाको ‘सहरी सौदर्य प्रवर्द्धन सघाउ अभियान’मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सहभागी भएका छन्। मंसिर ८ देखि सुरु भएको अभियानअन्तर्गत शनिवार हातमा कुचो लिँदै मन्त्री महासेठ सरसफाइ गर्न सडकमा उत्रिएका हुन्। उनले अभियानमा मन्त्रालयको पनि साथ र सहयोग निरन्तर रहने बताए।

महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु

'लैङ्गिक हिंसा दुर्व्यवहार : छैन हामीलाई स्वीकार' भन्ने नाराका साथ प्रदेश ५ मा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ।

‘लैंगिक हिंसाविरुद्धको अभियान १६ कि ३६५ दिन !’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा खोटाङका महिला अधिकारकर्मीले भने ३६५ दिननै महिला हिंसाका घट्ना न्यूनिकरणका लागि प्रयत्न गर्नुपर्ने बताएका छन्।

शान्तिवाटिकाबाट शुरु भयो महानगर सफाई अभियान

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावी अभियानका क्रममा काठमाडौंलाई धुलोधुवाँ मुक्त बनाएर ‘नो मास्क सिटी’ बनाउने बाचा गरेका थिए। मेलम्ची आयोजनाको पाइप खन्दा तथा अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने र विशेष प्रविधिको प्रयोग गरि धुलो तथा खाडलरहित काठमाडौं निर्माण गर्ने योजना आफूसँग भएको उनले बताएका थिए।

शिक्षामा निजीकरण खतरापूर्ण, सार्वजनिक शिक्षामा जोड दिनुपर्छ : अन्तर्राष्ट्रिय विज्ञ

आजदेखि नेपालमा सुरु भएको शिक्षाका लागि विश्व अभियान(जीसीइ)को छैठाै विश्व सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघलगायत संस्थाका प्रतिनिधि वक्ताहरुले शिक्षा क्षेत्रमा निजीकरण खतराका रुपमा देखापरिरहेको भन्दै सार्वजनिक शिक्षालाई प्राथमिकता दिनु पर्ने औल्याएका छन्।

महिला हिंसाविरुद्ध एनआरएन जापानको अभियान

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ।

कार्यालय नसार्न दबाबमूलक हस्ताक्षर

इलाम सदरमुकाममा रहेका साविक मेची अञ्चलस्तरीय र डिभिजन कार्यालयहरू अन्य जिल्ला नसार्न माग गर्दै स्थानीयले दबाबमूलक अभियान थालेका छन्।

#MeToo पछि सुरु हुँदै #MenToo अभियानः पुरुषमाथि महिलाले गरेको हिंसा बाहिर आउने

भारतमा मि टु अभियानले ठूला कलाकारदेखि राजनीतिज्ञसम्मको यौन दुर्व्यवहार घटना बाहिर ल्याइरहेका बेला मेन टु आन्दोलनको सुरुवात गरिएको छ। १५ जनाको एक समूहले कर्नाटक राज्यको बेंगलोरबाट सुरु गरेको यो अभियानले महिलाबाट पुरुषमाथि भएको यौन शोषणका घटनालाई बाहिर ल्याउने र पीडित पुरुषहरु खुलेर बोल्न सक्ने बताइएको छ।

मि टु अभियानमा मुछिए सलमान, यौन शोषण गरेको पूजाको आरोप

मि टु अभियान अन्तर्गत बलिउडका कलाकार, निर्देशक र निर्मातामाथि यौन दुर्व्यवहारको आरोप लागिरहेको छ। यसमा नाना पाटेकर, आलोक नाथ, साजिद खान, कैलाश खेर, सुभाष घई र जतिन दासमाथि गम्भीर आरोप लागेको छ। अब यो अभियानले सलमान खानलाई पनि मुछेको छ। सलमान र उनका भाइहरु अरबाज तथा सोहेलले यौन शोषण गरेको आरोप कलाकार पूजा मिश्राले लगाएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्