कांग्रेसकाे जागरण अभियान ३ चरणमा, पहिलाे वैशाख ११ गतेदेखि
तेस्रो चरणको अभियान भने पुस ७ देखि १६ गतेसम्म चलाइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
तेस्रो चरणको अभियान भने पुस ७ देखि १६ गतेसम्म चलाइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।
पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सांसद् जनार्दन शर्माले रुकुम (पश्चिम)का १२ जना टुहुरा बालबालिकाको दोहो-याएर अभिभावकत्व ग्रहण गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान २०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गरेका छन्। सोमबार सार्वजनिक ‘अपिल’ जारी गर्दै उनले ज्ञानको ज्योति बाल्ने यस महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीलाई अनुरोध गरे।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु-याऔँ’ भन्ने नाराका साथ आजबाट विद्यालय भर्ना अभियान सुरु भएको छ। शिक्षा मन्त्रालयको अगुवाईमा सोमबारबाट यो अभियान सुरु गरेको हो।
आफ्नो अधिकारका लागि भन्दै राजनीतिक दलको शुभेच्छुक संस्थाका रूपमा गठित विभिन्न शिक्षक संगठनले कर्तव्य भने भुलेका छन्। सबैभन्दा पछाडि पारिएको शैक्षिक क्षेत्र अस्तव्यस्त हुँदासमेत उनीहरूले विद्यालयबाहिर रहेका विद्यार्थी र पठनपाठनका विषयमा बसेर छलफल समेत गर्ने गरेको पाइँदैन।
‘हाम्रोमा कति विद्यार्थी विद्यालयबाहिर छन् भन्ने थाहा भएन। परीक्षामा अनुपस्थितको संख्या आयो भने केही थाहा होला,’ रुन्टीगढी गाउँपालिकाका शिक्षा स्रोत व्यक्ति कुलराज आचार्यले भने, ‘भर्ना अभियानबारे गाउँपालिका मौन छ। यो शीर्षकमा बजेट आएजस्तो मलाई लाग्दैन।’
हावाहुरी प्रभावित बारा र पर्सामा सत्तारुढ दलनिकट युवा संघले पुनर्निर्माण अभियान सुरु गरेको छ। चैत १७ गते हुरी आएको भोलिपल्ट अध्यक्ष रमेश पौडेलको नेतृत्वमा युवा संघको टोली राहत र उद्दारमा खटिएको थियो। उक्त टोलीको नेतृत्वमा युवाहरु अहिले पुनर्निर्माणमा खटिएका छन्।
अछामको वान्नीगढी जयगढ गाँउपालिका उपाध्यक्ष लोगबहादुर साउद आइतवार दिउँसो कार्यालयको काममा व्यस्त थिए। कार्यालयमा झुण्डिएको घडीले २ः३० बजेको संकेत गरिरहेको थियो। दुई जना कलिला नानीहरु साउदलाई खोज्दै उनको कार्यकक्षमा आइपुगे। ‘सर हाम्रो गाँउमा बालविवाह भयो रोकिदिनु पर्यो’ भन्दै नानीहरुले गाँउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक साउदलाई निवेदन बुझाए।
विश्वकै ठूलो लोकतन्त्र भएको भारतलाई अहिले संसदीय निर्वाचनले छपक्कै छोपेको छ। विभिन्न सात चरणमा सम्पन्न हुने भारतको तल्लो सदन लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान अप्रिल ११ जति नजिकिँदै छ, त्यत्ति नै चुनावी अभियान पनि तीब्र बनेको छ। १९ मे मा अन्तिम चरणको मतदान हुनेछ।
विश्वमा अहिलेसम्म देखिएका विभिन्न सामाजिक अभियान तथा आन्दोलनहरू कुनै पनि मौजुदा व्यवस्था परिवर्तनका लागि हुने गरेको पाइन्छ । विश्वका अन्य मुलुकहरूमा जस्तै हाम्रो देश नेपालमा पनि विभिन्न कालखण्डमा भएका थुप्रै आन्दोलनले राजनीतिक, आर्थिक तथा सामाजिक न्याय एवं परिवर्तनको बाटो लिएको र आन्दोलनको सकारात्मक उपलब्धिहरूको साथमा एउटा समयको अन्त्य भई नयाँ व्यवस्थाको उदय हुँदै आएको कुरालाई आत्मसात् गर्न सकिन्छ ।
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले समृद्ध र विकसित बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानमा साथ दिने बताएका छन्। राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राउतले समृद्ध र विकसित देश बनाउन सबै पक्षसँग सकारात्मक सहकार्यका लागि तयार रहेको बताए। ‘सबै जनताको हित समृद्धिका लागि अघि बढौं’, उनले भने, ‘सबैको साथको आवश्यकता छ।’
सरकारले नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त गरेको छ। वन तथा वातावरण मन्त्रालयमा फागुन ७ गते बसेको मन्त्रीस्तरीय बैठकले प्रियंका र आयुष्मानलाई एक वर्षे कार्यकालका लागि अभियन्ताको रुपमा नियुक्त गरेको हो। मन्त्रालयका अनुसार उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गर्ने छन्।
भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ। केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्याउन खोटाङमा ‘बाँदर समाऔँ अभियान’ थालिएको हो।
बागमती नदी सफाइ अभियानले ३ सय साता पूरा गरेको छ। यस अवधिमा अभियानका नाममा अर्बौं रुपैयाँ खर्च भएको छ। केही प्रगति पनि हासिल भएका छन्। यो अवधिमा यस अभियानका क्रममा स्थानीयदेखि प्रहरी, सेना हुँदै विद्यार्थी र विभिन्न राजनीतिक दलसँग सम्बन्धित हजारौंले श्रम खर्चेका छन्। तर खर्च र श्रमअनुसारको प्रगति भए÷नभएकोबारे भने बहस गर्नुपर्ने अवस्था छ। नदी सफाइ अभियानले ३ सय साता पूरा गरेको छ। यस अवधिमा अभियानका नाममा अर्बौं रुपैयाँ खर्च भएको छ। केही प्रगति पनि हासिल भएका छन्। यो अवधिमा यस अभियानका क्रममा स्थानीयदेखि प्रहरी, सेना हुँदै विद्यार्थी र विभिन्न राजनीतिक दलसँग सम्बन्धित हजारौंले श्रम खर्चेका छन्। तर खर्च र श्रमअनुसारको प्रगति भए/नभएकोबारे भने बहस गर्नुपर्ने अवस्था छ।
बाग्मती नदी सफाइ महाअभियान सुरु भएको तीन सय साता पुगेको छ। झन्डै बिलाउने अवस्थामा पुगेको बाग्मती पाँच वर्षभन्दा लामो अनवरत प्रयासपछि फेरि जीवन्त बन्ने बाटोमा छ। कुनै बेला पानी पिउन योग्य भएको बाग्मती नदी उपत्यकाको बस्ती विस्तारसँगै फोहोर फाल्ने थलो बन्यो। ढलले बाग्मतीलाई ढलमती त बनायो नै, त्यही फेरमा सुकमबासीको नाममा हुकुमबासीले यसले चर्चेको जमिन कब्जा गरे। यो समस्या कति ठाउँमा अझै पनि छ।