बढी भार र तीव्र गतिले टिपर दुर्घटना भएको प्रहरी निष्कर्ष
बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
काभ्रेमा मोटरसाइलकमा ठक्कर दिएर दम्पत्तिलाई घाइते बनाएपछि टिपरमा आगजनीको प्रयास भएको छ। यद्यपी आगोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गौरीगञ्ज पाडाजुँगी सडकखण्डमा साेमबार भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर– ८ बाहुनडाँगीका २२ वर्षीय नेलसन भण्डारी र गौरादह– १ का १८ वर्षीय विवेक बराल रहेका छन्।
सडकमा टिपरवालाको दादागिरी चुलिएका खवर सार्वजनिक भइरहेका बेला झापामा अर्को टिपरले विभत्स तमासा देखाएको छ। टिपरले मोटरसाईकलमा सवार व्यक्तिलाई ठक्कर दिएर सडकमा पल्टाएपछि मोटरसाईकल चालक २४ वर्षिय लक्ष्मण खतिवडालाई झन्डै ५० मिटर लतारेर ज्यान लिएको छ।
एक महिनाको अन्तरालमा काठमाडाैं सहरमा टिपरको ठक्करले ६ जनाको ज्यान गएको घटनाले दुर्घटनाको भयावह अवस्थालाई देखाउँछ।
आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
जोरपाटीका रमेश पौडेल सडकमा हिँड्दा टिपर देखियो भने निकै डराउँछन् । मोटरसाइकल चलाउँदा पनि उनी उत्तिकै होसियार हुन्छन् । कतै टिपरले ठोकिहाल्छ भन्ने उनलाई डर छ । यसको कारण हो– टिपर दुर्घटना बढ्नु।
सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ नयाँपाटीमा शुक्रबार राती भएको टिपर दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ। लु ३ ख ८९३९ नम्बरको टिपर दुर्घटनामा एक घाइते भएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गको धुलिखेल–खुर्कोट–सिन्धुली सडक खण्डमा ३२ सिटसम्मका बस र १६ टनसम्मका ट्रक–टिपर गुड्न पाउने व्यवस्था गरेको छ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलासेमा बुधबार ठक्कर दिई भागेका टिपर चालक पक्राउ परेका छन्।
पर्यटकीय राजमार्गको रुपमा रहेको यहाँको विपी राजमार्गमा क्रसरका टिपरले राजमार्ग भरीभराउ हुन थालेको छ। पछिल्लो समय सुनकोसीमा धमाधम क्रसर चल्न थालेपछि तिनै क्रसर उद्योगीहरुको टिपरले राजमार्ग भरिएको हो।
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटस्थित चिउरीगौडा भन्ने ठाउँमा राती १ बजे टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन्। कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन्।
मापदण्डविपरीत गलत लेनमा तीव्र गतिमा हाँकिएका टिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । महानगरीय ट्राफिक महाशाखाले एक महिनाअघि सुरु गरेको अभियानमा एक सय ३० टिपर कारबाहीमा परेका छन् ।