२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अमर्यादित अभिव्यक्ति

प्रधानमन्त्री केपी शर्मा ओली भाषिक मर्यादाबारे अत्यन्त चासो राख्नेमध्येमा पर्छन्। उनले असार ३ गते आयोजित पत्रकार सम्मेलनमा सञ्चारमाध्यमले प्रयोग गरेको तिमी शब्दावलीप्रति टिप्पणी गरेका छन्। प्रधानमन्त्री ओलीको टिप्पणी छ– ‘नेपाली भाषामा त बाबुलाई तपाईं नै भन्ने चलन हुन्छ। बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरआमालाई पनि तिमी, हजुरबाबुलाई पनि तिमी, यो त नेपाली भाषा, नेपाली सभ्यता, नेपाली संस्कृतिभित्र पर्दैन।’ बोलीचालीमा तपाईँ, हजुर भनेर संवोधन गरे पनि प्रेसले सबैलाई संवोधन गर्ने सजिलोका लागि ‘तिमी’ आदरार्थी शब्द प्रयोग गर्दै आएको छ। लेखाइमा तपाईं लेखियो वा तिमी भन्नेमा समेत ख्याल गर्न सक्षम प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रयोग गरेको ‘छौँडा’ शब्दले यतिबेला सामाजिक सञ्जाल तताएको छ। कसैलाई ‘बोक्सी’ आरोप लगाउनुसमेत गैरकानुनी भइसकेको यो मुलुकमा प्रधानमन्त्रीकै प्रमुख सल्लाहकारले प्रयोग गरेको भाषामा यसको प्रयोग भएको छ। यस्तो अमर्यादित भाषा बोल्ने रिमालमाथि कुनै कारबाही हुने छैन। कारण यही भाषा प्रधानमन्त्री आफैँले प्रयोग गरिसकेका छन्। उनले २०७३ साउन १४ गते ‘छौँडा’ शब्द प्रयोग गरेका थिए। उनले भनेका थिए– ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो।’

सरकारी जमिन फिर्ता गराइने

सरकारी जमिन भए पनि भित्रभित्रै व्यक्तिको नाममा लालपुर्जा बनेको फेला परेपछि उक्त कीर्ते लालपुर्जा खारेजीको प्रक्रिया अगाडि बढाइएको छ ।

गायक राजेशपायल राईलाई नगर वर्ष व्यक्ति पुरस्कार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चर्चित गायक राजेशपायल राईलाई नगर वर्ष व्यक्ति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भएका गायक राईलाई बुधबार दिक्तेलमा आयोजित दोस्रो नगर दिवसको अवसरमा एक लाख राशीको नगर वर्ष व्यक्ती पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।

विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि चालक

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ। तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ।

मिडिया काउन्सिल विधेयक संशोधन गर्न माग

सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म बिपरित भएकाले संशोधन गर्न रुपन्देहीमा कार्यरत बिभिन्न मिडियाका सम्पादकहरुले माग गरेका छन्।

सांसदको प्रश्नः ९ अंक ल्याउनेको कसरी ६९ पुग्यो? रजिष्ट्रारको जवाफः व्यक्तिगत त्रुटि

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा रजिष्ट्रार उप्रेतीले हालै संचारमाध्यममा आएका परीक्षा नतिजा सम्बन्धी त्रुटीहरु संस्थागत नभई व्यक्तिगत भएको दाबी गरे।

सरकारी जग्गा व्यक्तिको नाममा भेटिएपछि चर्कियो आन्दोलन

जिल्लास्थित बरहथवा नगरपालिकाको हजारियाको सरकारी जमिन भित्रभित्रै व्यक्तिका नाममा लालपूर्जा बनिसकेको तथ्य फेला परेको छ। मालपोत कार्यालय बरहथवाको कम्प्युटरमा सरकारी प्लट कायम रहेको साविक हजरिया गाविस–७ तथा हाल बरहथवा नगरपालिका–४ स्थित ७ विगाह १४ कठ्ठा १५ धुर मध्ये ६ विगाह १४ कठ्ठा जमिन भित्रभित्रै स्थानीय एक व्यक्तिका नाममा लालपूर्जा बनेको फेला परेको हो।

'बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको पाठ सिकाउने प्रधानमन्त्रीले नेपालमा प्रनेश गौतमलाई थुन्न मिल्छ?'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन्।

यहाँ केवल सरकारका अरिंगालहरु मात्र सुरक्षित रहन सक्छन्

'देशलाई समृद्ध बनाउन अभिव्यत्ति स्वतन्त्रताको भूमिका कतिहुन्छ भन्ने मलाइ जनकारी छ।' अक्फोर्ड युनियनमा भाषण गर्दै प्रधानमन्त्रीले भन्नु भयो। पक्कै पनि यो प्रधानमन्त्रीले बेलायतको बारे कुरा गर्न भएको हो। प्रधानमन्त्रीको सरकारले यहाँ के गरिरहेको छ हामीलाई थाहा छ।

अभिव्यक्तिमाथि अत्याचार

विद्युतीय कारोबार ऐनको दफा ४७ को प्रावधान समातेर जसरी अहिले सिर्जनाकर्ममाथि कारबाही सुरु भएको छ, त्यसले कुनै अर्थमा पनि अहिलेको लोकतान्त्रिक शासन व्यवस्थालाई मद्दत गर्दैन।

आन्दोलनमा साथ दिन सबै पत्रकारलाई आचार्यको आग्रह

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई आह्वान गरेका छन्।

एसियामा सबैभन्दा धेरै व्यक्ति बेपत्ता

बलपूर्वक व्यक्ति बेपत्ता पार्ने काममा एसिया महादेश अग्र स्थानमा देखिएको छ। एसियाकै तथ्यांकलाई लिएर बेपत्ता पारिएका व्यक्तिका विषयमा छलफल गर्न काठमाडौंमा सोमबारदेखि कार्यशाला हुँदैछ। नेपालमा सशस्त्र द्वन्द्वको समयमा व्यक्ति बेपत्ता पारिएको थियो।

सार्वजनिक पोखरी जोगाउन स्थानीयको निरन्तर संघर्ष

हाल करिब तीन सय करोड रुपैयाँभन्दा बढी मूल्यांकन अनुमान गरिएको सार्वजनिक पोखरी जोगाउन संघर्ष गर्नेहरू अहिले अदालत धाउँदै छन्।

प्रधानन्यायाधीशकै फैसलामा सार्वजनिक पोखरी व्यक्तिका नाममा

मालपोत कार्यालयले २०२६ सालको नापी र मालपोत ऐन २०३४ अनुसार सार्वजनिक पोखरीको जग्गा व्यक्तिका नाममा दर्ता गर्न नमिल्ने भन्दै २०६० माघ ८ गते निवेदन तामेलीमा राखिदिएको थियो।

मेची राजमार्ग अझै व्यक्तिको नाममा

तीसको दशकमा निर्माण प्रारम्भ भएको मेची राजमार्गले ओगटेको जग्गाको लगत कट्टा नहुँदा त्यसमा परेको जग्गाको धनीपुर्जा अझै व्यक्तिको नाममा छ। झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म राजमार्गमा परेको जग्गा अझै पनि सरकारको नाममा आएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्