९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मिडिया काउन्सिल विधेयक संशोधन गर्न माग

बुटवल- सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्म बिपरित भएकाले संशोधन गर्न रुपन्देहीमा कार्यरत बिभिन्न मिडियाका सम्पादकहरुले माग गरेका छन्। 

पत्रकार महासंघ रुपन्देही र चाँदनी नेपालको आयोजनामा मंगलबार बुटवलमा मिडिया काउन्सिल  र सूचना प्रविधि विधेयकको विषयमा भएको सम्पादकस्तरीय छलफलमा उनीहरुले दुवै बिधेयक नियन्त्रण मुखी रहेको भन्दै संशोधनको माग गरेका हुन। सरोकारवाला र सम्बन्धित क्षेत्रका बिज्ञसँग छलफल नै नगरी ल्याएको नियन्त्रणमुखी  बिधेयक कुनै हालतमा स्वीकार्य नहुँने रुपन्देहीका अगुवा पत्रकारहरुले बताएका छन्।   

कार्यक्रममा सहजिकरण गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तारानाथ दाहालले यी दुवै विधेयक संविधान र संघीयताको मर्म बिपरित रहेको बताए। संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म विपरित ल्यइएका बिधेयक जस्ताको तस्तै पास भए त्यो मुलककै लागि दुर्भाग्य हुने उनले बताए। समाचार लेखेककै कारण पत्रकारलाई फौजदारी अभियोग लगाउन सक्ने प्रावधान विश्वका कुनै पनि मुलकमा नभएको भन्दै दाहालले पत्रकारले उठाएका मागमा गम्भीर हुन सरकारलाई आग्रह गरे। 

सूचना प्रविधि विधेयकमा राखिएका कतिपय प्रावधानले मिडियालाई अप्ठ्यारोमा पार्ने भएकाले सुधार गर्नु आवश्यक रहेको उनको भनाइ थियो। दाहालले समाजमा मित्रता र सदभावसंगै दुस्मनी पनि रहेकाले यी दुवै विधेयक जस्ताको तस्तै पास भए त्यसैमा टेकेर मिडियामाथि गम्भीर प्रहार गर्ने सिलसिला सुरु हुने खतरा औल्याए। 

पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले पत्रकारीतामा बिकृती भित्रीयो भन्ने बहानामा मिडियालाई अप्ठ्यारोमा पार्ने विधेयक ल्याउन नहुने बताए। बहुमतको सरकारले  मिडियालाई नै  दुस्मन देख्ने प्रवृत्ति हावी भएको भन्दै उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने गरी ल्याइने कुनै पनि विधेयक मान्य नहुने बताए। पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले गुठी विधेयकको विरोध भएपछि फिर्ता लिने सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिनु बिडम्बना भएको बताए। मिडिया काउन्सिल बिधेयक नियोजित रुपमै ल्याइएको भन्दै उनले यो फिर्ता नगरे मोफसलबाट पनि आन्दोलन चर्काउने बताए।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले प्रेस स्वतन्त्रता हनन गर्ने कुनैपनि विधेयक महासंघलाइ मान्य नहुने बताए। यी बिधेयकमा भएको प्रेस स्वतन्त्रता बिरोधी प्रावधानहरु तत्काल हटाउन जिसीले माग गरे। पत्रकारहरु भवानी प्रसाद पाण्डे,दामोदर खनाल,रामराज पोखरेल, दिपेन्द्र बडुवाल, रेखा भुसाल, प्रदिप आचार्य, कृष्ण मल्ल, दिपेश पछाइ, बिनोद परियार,नरेश केसी, टंक सुनार लगायतले बोल्दै संचार जगतलाइ नियमन गर्ने बहानामा ल्याइएका नियन्त्रण मुखी बिधेयक कुनैपनि हालतमा स्वीकार्य नभएको धारणा राखे। पत्रकारहरुले उठाएका जायज मागलाइ बेवास्ता गरे आन्दोलन चर्काउने चेतावनी पनि पत्रकारहरुले दिएका छन्। 

प्रकाशित: १७ असार २०७६ १४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App