२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नागढुंगा सुरुङमार्ग निर्माण एक वर्षपछि धकेलिने

नागढुंगा सुरुङमार्ग निर्माणको काम थप एक वर्ष धकेलिने भएको छ। सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ।

राहुघाट जलविद्युत् आयोजनाले गति लिंदै

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ।

वर्षामा मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल

वर्षामा पनि पानी ल्याउन आवश्यक संरचना बनाउने विषयमा गृहकार्य भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। मुहानस्थलमा हाल अस्थायी संरचना बनाएर पानी राजधानी ल्याइएको छ।

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना: एक महिनामा ६२० मिटर सुरुङ छिचोलियो

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले एक महिनाको अवधिमा ६२० मिटर सुरुङ छिचोलेको छ।

सुरुङमा टिबिएम मेसिन प्रयोग: नयाँ प्रविधिको प्रयोगले लक्ष्यभन्दा चाँडो काम

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बराल भन्छन् – भेरीबबई आयोजनामा टिबिएम मेसिनले टनेल खन्दा तोकिएको समय सीमाभन्दा छिटो खनिएकाले सुनकोशीमा पनि यो मेसिन प्रयोग गरिएको हो।

नागढुंगा–नौबिसे सुरुङ मार्गमा पहिरो

निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङ मार्गअन्तर्गतको फिनिसिङ भइसकेको खण्डमा करिब एक सय मिटर आन्तरिक पहिरो (इन्टर्नल टनेल स्कुजिङ) गएको छ।

टिबिएम नल्याउँदा सुरुङ खन्ने काम प्रभावित

‘कोभिड १९को कारणले ठेकेदार कम्पनीले तोकिएको समयभित्रै सुरुङ खन्ने टिबिएम मेसिन भित्राउन सकेनन,’ उनले भने-‘हालसालै सुरुङ खन्ने टिबिएम भित्रिएर अहिले मेसिन जडानको काम भइरहेको छ। सम्भवत् साउन र भदौं महिनाभित्रै मेसिन जडान गर्ने गरिसक्ने लक्ष्य राखेका छौं।’

२७ सुरुङमार्ग निर्माण गर्ने लक्ष्य आधा दर्जनको मात्रै अध्ययन

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा २७ वटा सुरुङमार्ग अध्ययन र निर्माण गर्ने घोषणा गरेका थिए। चालु आर्थिक वर्ष सम्पन्न हुन १५ दिन मात्र बाँकी रहँदा मुस्किलले आधा दर्जन सुरुङमार्गको अध्ययन कार्य अघि बढेको छ।

तीन महिना समय र १८ करोड व्ययभार थप

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना निर्माणको क्रममा कमजोर चट्टान भेटिएर नयाँ भेरिएसन गर्दा र स्थानीय नागरिकको अवरोधले काम गर्न नपाउँदा आयोजनाको व्ययभार १८ करोड थपिने भएको छ।

नागढुंगा नौबिसे सुरुङमार्गः मुख्य सुरुङ करिव आधा खनियो

अघिल्ला महिनाहरूको तुलनामा पछिल्ला तीन महिनामा भने सुरुङ खन्ने गतिमा केही कमी आएको छ। स्थानीयवासीको अवरोधका कारणले सुरुङ खन्ने गतिमा कमी आएको हो। अप्रिलमा नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ ८७ मिटर मात्रै छिचोलिएको छ।

ब्रेकथ्रुको मिति सर्‍यो: मुआब्जाको लागि तुरुन्तै २५ करोड चाहिने

आगामी साउनभित्र नागढुङ्गा–नौबिसे सुरुङ मार्गको सुरुङ ब्रेक थ्रु (छेड्ने काम) नहुने भएको छ।

नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत

जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ। तीन ‘अण्डर पास’मध्ये दुई सकिएको छ र चार ‘बक्स कल्भर्ट’मध्ये तीन सकिएको छ। तीन पुल निर्माण गर्नुपर्नेमा हालसम्म दुई सकिएको छ।

नागढुंगा सुरुङमार्गको प्रगतिः महिना दिनमा ११० मिटर खनियो

अहिले काठमाडौंतर्फ ४ सय ९९ मिटर र धादिङतर्फ ४ सय ९६ मिटर सुरुङ खनिएको छ। इभाक्युएसन टनेलतर्फ टनेलतर्फ १ हजार ३ सय ६७ मिटर खनिएको छ। काठमाडौंतर्फ इभाक्युएसन ७ सय ९० मिटर र धादिङतर्फ ५ सय ७७ मिटर खनिएको छ। आयोजनाका अनुसार मुख्य सुरुङमार्ग, इभाक्युएसन टनेल, वर्किङ अडिट र क्रस प्यासेजतर्फको मात्रै भौतिक प्रगति ४६ प्रतिशत भएको छ। एक महिनाअघि यी संरचनाको भौतिक प्रगति ४३.२५ प्रतिशत थियो।

सुरुङ खन्ने प्रक्रिया सुरु हुँदै

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतको सुरुङमार्ग निर्माणमा ठेकेदार कम्पनी परिचालन भइसकेको छ। फास्ट ट्रयाकमा ६.३७५ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ।

नागढुंगा सुरुङ ८८५ मिटर छिचोलियो

एक वर्षको अवधिमा मुख्य सुरुङमार्गको एक तिहाइभन्दा धेरै खन्ने काम सम्पन्न भइसकेको छ। आयोजनाको मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म ८ सय ७५ मिटर खन्ने काम सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्