३० वैशाख २०८१ आइतबार
image/svg+xml

सिटामोल त देऊ सरकार !

विडम्बना, संवैधानले समेत प्रष्टरूपमा किटान गरेको व्यवस्थाबाट जनता वञ्चित छन्। उपमहानगरपालिका जस्तो ठाउँमा त यो अवस्था छ भने देहातका गाउँठाउँको हालत कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ।

स्वास्थ्य चौकीमा सिटमोलसमेत पाइँदैन

घोराही उपमहानगरपालिका १० मा रहेको स्वास्थ्य चौकीमा वडावासीले सिटामोलसमेत पाउँदैनन्।

डेंगुका बिरामीले पाएनन नेपाली पारासिटामोल, बजारमा चौतर्फी अभाव

बुद्धनगरस्थित एक फार्मेसीमा सोमबार पारासिटामोल किन्न जाँदा फार्मेसी सञ्चालकले भने ‘नेपाली कम्पनीले उत्पादन गरेको पारासिटामोल छैन्, भारतीय कम्पनीले उत्पादन गरेको मेडामोल छ, लानुहुन्छ त?’

‘६५० एमजीको सिटामोल विज्ञानसम्मत’

औषधि व्यवस्था विभागले ६५० मिलिग्राम (एमजी) को पारासिटामोल नेपालमा दर्ता गर्न गरेको सिफारिस औषधि विज्ञानसम्मत भएको प्रष्ट पारेको छ।

ज्वरोका बिरामी बढ्दा भक्तपुरमा सिटामोल अभाव

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताए। सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दुधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताए।

सिटामोलः एकजनालाई एकपत्ता मात्र!

ज्वरो र दुखाई नियन्त्रणमा उपयोग हुने सिटामोल गण्डकी प्रदेशमा पाउन छाडिएको औषधि व्यवसायीले बताएका छन्। व्यवसायीका अनुसार शुद्ध सिटामोल अभाव छ, तर, सिटामोल मिसिएको अरुखाले औषधि भने पर्याप्त पाइएको छ। सिटामोल मिश्रित औषधि पर्याप्त पाइने भएकोले नआत्तिन व्यवसायीले आग्रह गरेका छन्।

सिटामोल अभावले मर्कामा बिरामी

अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्य चौकीमा पाइँदैन।

पारासिटामोल कैरन

तर मेरो एउटा दुखेसो छ । त्यही अनुभूति सार्वजनिक गर्ने जमर्को मैले गरेको छु । मलाई लागेको कुरा के हो भने पछिल्ला दिनमा मेरो कामको उचित सम्मान र मूल्यांकन भएको छैन ।

‘रोग लागेपछि सिटामोल दिनुभन्दा स्वच्छ खानेपानी दिएर रोग लाग्न नदिनु राम्रो’

खानेपानी मन्त्री बिना मगरले स्वास्थ्य उपचारमा सिटामोलभन्दा स्वच्छ खानेपानीका लागि सरकारले बजेट बढाउनुपर्ने बताएकी छिन्। बर्दियाको मधुवन नगरपालिका ६ स्थित कुसुम्बा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले स्वच्छ खानेपानी र सरसफाईले रोग लाग्नै नदिने भएकाले सरकारको प्राथमिकतामा खानेपानी हुनुपर्ने बताइन।

सिटामोल नपाएरै फर्कन्छन बिरामी

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।

इन्जिनियर नआउँदा सिटामोल उत्पादनमा ढिलाइ

भारतबाट मेसिन जडान गर्ने इन्जिनियर नआउँदा सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडको सिटामोल उत्पादनमा ढिलाइ भएको छ । कम्पनीले माघभित्रै सिटामोल उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

अहिले सिटामोल अर्को महिना अल्बेन्डाजोल

सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यसै महिनादेखि सिटामोल र अर्को महिना अल्बेन्डाजोल उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।वैशाखमा जीवनजलसँगै पुनः सञ्चालनमा आएको उद्योगले माघ महिनाभित्र सिटामोल र फागुनमा जुकाको औषधि अल्बेन्डाजोल उत्पादन गर्ने तयारी गरेको लिमिटेडका महाप्रबन्धक रोभसकुसम सुवेदीले जानकारी दिए । ‘यसै महिनाभित्र सिटामोल उत्पादन सुरु हुँदैछ,’ सुवेदीले नागरिकसँग भने, ‘अर्को महिना जुकाको औषधि उत्पादन गर्दैछौं ।’

स्वास्थ्य संस्थामा सिटामोल पनि छैन

रुघाखोकी, ज्वरो र जीउ चिलाउने समस्याको उपचार गराउन गोलबजार–३ की कली साह (६८) शुक्रबार इलाका स्वास्थ्य चौकी गोलबजार पुगिन् । स्वास्थ्यकर्मीले उनको जाँच गरी औषधि लेखिदिए । औषधि लेखिएको पुर्जा लिएर उनी चौकीकै औषधि वितरण गर्ने काउन्टरमा पुगिन् । जहाँ उनलाई औषधि बाहिर किन्नुपर्ने भनी सम्झाएर पठाइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्