८ आश्विन २०८१ मंगलबार
image/svg+xml

काँग्रेसका बस्नेत सिन्धुपाल्चोक–१ छोडेर २ बाट चुनाव लड्ने

उनले चुनावी प्रतिस्पर्धा गर्दै आएको क्षेत्र परिवर्तन गर्दै २ नं. मा पठाइएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले बस्नेतलाई क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारहरू: को कहाँबाट उठ्दै छन् ?

नेपाली कांग्रेस संसदीय बोर्डले प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेदवारहरूको टुंगो लगाएको छ। राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय बोर्डको बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो।

कांग्रेसले लगायो केही ठाउँमा उम्मेदवारको टुंगो,डडेलधुराबाट देउवा उठ्ने

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि केही ठाउँमा उम्मेदवारको टुंगो लगाएको छ।

काँग्रेसले यस वर्ष चियापान नगर्ने

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा थियो।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ।

व्यवस्थामाथि संकटको बादल मडारिरहेको छः रामचन्द्र पौडेल

नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफुलाई अनुभूति भइरहेको उनले बताए।

किसान श्रेष्ठलाई उम्मेदवार बनाए भोट नदिने काँग्रेस नेताहरुको घोषणा

गठबन्धनले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट किसान श्रेष्ठलाई उम्मेदवार बनाए आफूहरुले भोट नदिने घोषणा गरेका गरेको हो।

काँग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा

शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली काँग्रेस भित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका हुन्।

काँग्रेसको टिकट वितरणमा न्याय भएन: नेता शिवाकाेटी

बिहीबार काठमाडौँमा आयोजित डा. शेखर कोइराला पक्षको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताएका छन्।

काँग्रेस नेता परियारको दाबी: एमालेलाई हराउने तागत गठबन्धनमा छैन

उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा काँग्रेसले धेरै सिट जित्न नसक्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको उनले आरोप लगाए।

कोइराला पक्षको चियापान कार्यक्रममा गगनदेखि चन्द्र भण्डारी लगायतका नेताहरु सहभागी

बिहीबार काठमाडौँकाे एक होटलमा कोइराला पक्षधरका नेताहरुले चियापान र दशैँ,तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन्।

देउवाले एकलौटी गरेको भन्दै पार्टी कार्यालय सानेपामा शेखर कोईराला पक्षको धर्ना

पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति डा। शेखर कोईराला पक्षधर धर्ना बसेका हुन्। केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना बसेको हो।

शेखर पक्षले पार्टी कार्यालयमा धर्ना दिँदै

डा. शेखर कोईराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ।

डोटी काँग्रेसका स्थानीय समितिको एक स्वर–गठबन्धन भए मत दिँदैनौं

‘देशभरमै पहिलो भएको र एक्लै जित्न सकिने जिल्ला अर्को पार्टीको हातमा सुम्पने कुरा हामीलाई कदापी स्वीकार्य हुन्न,’ काँग्रेस केआइसिंह गाउँपालिकाका सभापति अर्जुन बलायरले भने,‘यस्तो हुँदाहुँदै पेलेर निर्णय लादे हामी प्रचार त परै जाओस मतदान पनि गर्दैनौं।’

कोइराला पक्षका गतिविधिहरू अनुशासन बाहिर छ, कारबाहीको दायरामा ल्याइन्छ: प्रवक्ता महत

मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा. महतले पार्टीको अनुशासन र पद्धति विपरीतका भेला तथा संघर्षका कार्यक्रमहरू नगर्न संस्थापन इतरका नेताहरुलाई चेतावनी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्