१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवाले एकलौटी गरेको भन्दै पार्टी कार्यालय सानेपामा शेखर कोईराला पक्षको धर्ना

नेपाली काँग्रेस संस्थापन इतर पक्षधर आज पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन्।  

पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति डा. शेखर कोईराला पक्षधर धर्ना बसेका हुन्। उनीहरु केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना बसेको हो।  

सो पक्षले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ।

प्रकाशित: १२ आश्विन २०७९ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App