५ आश्विन २०८१ शनिबार
image/svg+xml

बसको ठक्करले दुईको मृत्यु

भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा गए राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ।

ट्रिपरकाे ठक्करले बालकको मृत्यु

ट्रिपरले ठक्कर दिँदा सडकमा हिड्दै गरेका एक बालकको बुधबार राति ज्यान गएको छ। धरान–चतरा–गाइघाट–हेटौंडा बैकल्पिक लोकमार्गको गाईघाट–मुर्कुची खण्डमा पर्ने कौवाइमा बालुवा बोकेको ना १ क ७९०७ नम्बरको ट्रिपरको ठक्करबाट पैदल हिँड्दै गरेका त्रियुगा नगरपालिका ७ का १२ वर्षीय रोशन कार्कीको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ।

बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी २५÷३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिपको ठक्करबाट एक शिशुको मृत्यु, एकै परिवारका तीन सहित ४ घाइते

पाल्पामा जिपले ठक्कर दिँदा एक शिशुको मृत्यु भएको छ भने अन्य ४ घाईते भएका छन्। घाइते हुनेमा एकै परिवारका ३ जना रहेको छन्।

मोटरसाइकलको ठक्करबाट बालिकाको ज्यान गयाे

रौतहटमा विहिवार मोटरसाइकलको ठक्करबाट एक वालिकाको ज्यान गएको छ। गौर–चन्द्रपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गतको हरषाहा चाेकमा विहान ९ वजे मोटरसाइकलले पैदल हिडिरहेकी वृन्दावन नगरपालिका ६ का दिलिप साहकी ७ बर्षीया छोरी गिताकुमारीलार्इ ठक्कर दिँदा उनकाे ज्यान गएको हो।

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर ११ गाग्रेताल बाटोमा स्कूल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। सोमबार बेलुका साढे पाँच बजेतिर सुप्रिम बोर्डिङ स्कूलको भे१क ४७३ नम्वरको बसले ११ वर्षीय प्रदीप अधिकारीलाई ठक्कर दिएको थियो।

ट्रिपरकाे ठक्करबाट एककाे ज्यान गयाे

हेटौँडाबाट हटियाको शिवम् उद्योगतर्फ जाँदै गरेको ना ७ ख ७३२३ नम्बरको ट्रिपरले सोही उद्योगतर्फ गइरहेको ना. ४२ प. ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

सफारी कारको ठक्करबाट पैदल यात्रुको मृत्यु

सफारी कारले ठक्कर दिँदा महोत्तरीमा एक जना पैदल यात्रुको मृत्यु भएको छ। अर्को एक जना पैदल यात्रु घाईते भएका छन्।

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली घाइते

ट्रकको ठक्करबाट यूएईमा एक नेपाली गम्भीर घाइते भएका छन्। रोजगारीका सिलसिलामा केही महिनाअघि मात्र यूएई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका योगेश राई ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हुन्।

गाडीको ठक्करबाट बालिकाको मृत्यु

जाजरकोटमा  यात्रुबाहक गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। सदरमुकाम खलंगाबाट रिम्नाका लागि यात्रु लिएर हिडेको ना ४ ख ९७२४ नम्बरको गाडीले ठक्कर दिँदा भेरी नगरपालिका १ रावतगाउँका पृथ्वी रावतकी ८ वर्षीया छोरी रोशनी रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले वताए।

ट्रिपरको ठक्करबाट एकको मृत्यु, बनेपा तनावग्रस्त्र

बनेपा चारदोबाटोमा ब १ क ३९३४ नम्बरको ट्रिपरले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। मोटरसाइकल चालक नमोबुद्ध-४ खनालथोकका ५७ वर्षका जीत बहादुर तामाङ को उपचारका क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्