५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौ– ट्रिपरको ठक्करबाट भक्तपुरको सल्लाघारीमा एक जनाएको ज्यान गएको छ। सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए। ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। (रासस)

प्रकाशित: २६ श्रावण २०७५ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App