५ आश्विन २०८१ शनिबार
image/svg+xml

माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकमुनी छिरेपछि...

बुधबार धादिङ गल्छीस्थित पृथ्वी लोकमार्गमा मोटरसाइकल र बस दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

हिरोकोे पहिलो लक्की ड्र विजेता घोषणा

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ल्याएको ‘हिरोडपति नयाँ वर्ष योजना’ अन्तर्गत लक्की ड्रमा कुपन नं ९ डब्लुजे२आर६ का हरिभक्त पजपुरियाले एक लाख नगद जितेका छन्।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

गए राति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो।

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

उदयपुरमा गएराति ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडास्थित निर्माणाधीन मदन भण्डारी लोकमार्गमा एउटाले अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा लागेको ठक्करबाट मोटरसाइकल चालक कालीदास भण्डारी (कृष्ण) को मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, एक घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वाड नं २ बिहानी पेट्रोल पम्प नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकल र टिप्पर ठोक्किँदा एकको मृत्यु

नुवाकोटको बट्टारमा शुक्रवार मोटरसाइकल र टिप्पर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गगटेबाट विदुरतर्फ आइरहेको बा.५ ख २८९८ नं. को ट्रिपरले ना. ३३ प ३४६६ नंं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय दिवाकर खनालको घटनास्थलमा नै मृत्यु भएको हो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ३ को मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका १३ भोटियाटोल चोकमा तीन जना सवार मोटर साइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

दुई मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु

विपरित दिशावाट आउँदै गरेको मोटरसाइकल ठोक्किदा आइतवार विहान तीन जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

चोरीका मोटरसाइकलसहित पक्राउ

जिल्ला प्रहरी कार्यलय धादिङले तीनवटा चोरीको मोटरसाइकल सहिति तीनजनालाई पक्राउ गरेको छ। शनिबार बेलुकी धुनीबेंसी नगरपालिका–५ स्थित प्रभात अर्यालको आँगनमा राखेको बा७२प ९५९८ नम्वरको बाइक हराएको उजुरीपछि खोजी गर्ने क्रममा थप दुई मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए।

धादिङमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ गौमती पुलनजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ४११४ नं.को ट्रकले  विपरित दिशाबाट आउँदै गरेको ग १३ प ८०८५ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एककाे अवस्था गम्भीर

जिल्लास्थित हरिपुरमा आइतबार दिउँसो भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा लालबन्दी नगरपालिका–१, नेत्रगञ्ज निवासी ३५ वर्षीय राम एकवाल गुप्ताको मृत्यु भएको हो।

काठमाडौंमा बाइक रेसिङ्ग प्रतियोगिता (भिडियाे)

मोटर स्पोट्स नेपालमा नयाँ खेल हो। एउटा गोलो र निश्चित ठाउँमा टिम अथवा एक अर्काबीच मोटरसाइकल रेस गर्नु नै ट्रयाक रेसिङ्ग हो। बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न र एउटा सुरक्षित क्षेत्रमा मोटरसाइकल चालकको कुदाउने कला प्रस्फुटन गर्न राजधानीमा होन्डा नेपालले आयोजना गरेको होण्डा नेपाल ड्रिम कप २०१९ को समापन भएको छ। यो नेपालको पहिलो रेसिङ्ग प्रतियोगिता हो।

यामाहा एक्सटिजी १२५

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटिजी १२५ नेपालमा सार्वजनिक गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्