२३ असार २०८१ आइतबार
image/svg+xml

दुई करोडसम्म ऋण लिन कर चुक्ता प्रमाणपत्र नचाहिने

व्यक्तिगत र मझौला खालको व्यावसायिक कर्जा लिँदा कर चुक्ता प्रमाणपत्र नै पेस गर्नुपर्ने प्रावधानलाई नेपाल राष्ट्र बैंकले केही खुकुलो बनाएको छ।

नक्कली प्रमाणपत्रधारीमाथि अख्तियारको नजर

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरी सेवा सुविधा लिएका र बढुवासमेत भएका ६ कर्मचारीमाथि छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । आयोगका अनुसार यस्ता प्रकृतिका मुद्दा बिहीबार ५ र शुक्रबार एउटा दायर गरिएको थियो । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोप लगाइएकामा शिक्षक, कर्मचारी लगायत प्राविधिक कर्मचारीसमेत छन् ।

सबैभन्दा भारी हुँदो रहेछ मृत्युको प्रमाणपत्र

आफ्नो प्रमाणपत्र चिसो हातले उठाउन सकेन। सबैभन्दा गह्रौ हुँदोरहेछ मृत्युको प्रमाणपत्र,’रवीन्द्र समीरको उपन्यास ‘मृत्युको आयु’मा उल्लेख अंश हो।

सेनामा नक्कली प्रमाणपत्र छानबिन

नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघि बढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन्।

२० वर्षमा पनि भएन जन्मदर्ता

आफू जन्मेलगत्तै बाबुआमा दुवैले अर्कासँग बिहे गरेर अलपत्र परेका युवकले जन्मदर्ता प्रमाणपत्र र नागरिकता बनाउन सकेका छैनन्। जिल्लाको सन्दकपुर गाउँपालिका–३ सुलुबुङका २० वर्षीय विशाल बुर्जाले जन्मेपछि आफ्ना आमाबाबु देख्न त पाएनन् नै, जन्मदर्ता र नागरिकता बनाउन पनि अहिलेसम्म भौंतारिनु परेको छ।

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाए

विभिन्न देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्।

खुम्बुलाई ‘पर्यटकीय गाउँपालिका’को प्रमाणपत्र

प्रदेश १ को चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेअनुरूप प्रदान गरिएको प्रमाणपत्र र पुरस्कारबापतको चेक गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले ग्रहण गरेका हुन्।

अब ‘प्लस–टु’मा पनि कानून पढाइ हुने

१० जोड दुई ‘प्लस–टु’ उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ। स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन्।

इन्जिनियरहरुलाई विशिष्टताको प्रमाणपत्र गरिने

नेपाल इन्जिनियर काउन्सिलले विभिन्न क्षेत्रमा न्यूतम दुई दशकदेखि कार्यरत नेपाली इन्जियिनरहरुका क्षमताको प्रमाणीकरण गरी विशिष्टताको प्रमाणपत्र उपलब्ध गराउने भएको छ।

खुला विश्वविद्यालयका प्रमाणपत्र सेनालाई अमान्य

नेपाली सेनाले सरकारलाई नै चुनौती दिँदै खुला विश्वविद्यालय (ओपन युनिभर्सिटी) बाट प्राप्त शैक्षिक योग्यताका प्रमाणपत्रलाई मान्यता नदिने भएको छ। सेनाले अनलाइन शैक्षिक प्रमाणपत्रलाई पनि मान्यता नदिने जनाएको छ। शिक्षामा पहुँच बढाउन सरकारले स्थापना गरेको खुला विश्वविद्यालयबाट जारी शैक्षिक प्रमाणपत्रलाई मान्यता नदिएर नेपाली सेनाले सरकारलाई नै चुनौती दिएको पीडितहरूको गुनासो छ।

प्रहरी नायब निरीक्षक घिमिरेविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

राष्ट्रसंघका महासचिव अन्टोनियोसमक्ष राईद्धारा ओहोदाको प्रमाणपत्र पेश

संयुक्त राष्ट्रसंघका लागि नेपालका नवनियूक्त आवासीय प्रतिनिधि अमृत बहादुर राईले यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। यहि मार्च ४ तारिकमा कार्यभार सम्हाल्न यूर्योक आईपुगेका राईले एक औपचारिक कार्यक्रममा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

नक्कली प्रमाणपत्रधारीविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी शिक्षक बनेका दिनेशकुमार पाल भेडिहरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। उनले उत्तिम नवआदर्श प्राथमिक विद्यालय, बारामा शिक्षकको जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबीसहित अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

अन्सारीका दुईवटा जन्ममिति

मुस्लिम आयोगका अध्यक्षका लागि सिफारिस भएका समीम अन्सारीको फरक–फरक जन्ममिति भएका नागरिकता भेटिएका छन्। संघीय संसदको सुनुवाई समितिको बैठकले अन्सारीविरुद्ध नागरिकता, शैक्षिक योग्यता प्रमाणपत्र, पार्टी सदस्यताका विषयमा छानबिन थाल्ने निर्णय गरेपछि दुईवटा जन्ममिति भेटिएका हुन्।

नक्कली सवारी दर्ता र शैक्षिक प्रमाणपत्र पेश गर्नेलाई मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भाडाका सवारी साधन दर्ता गर्दा नियम वीपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्‍याई दर्ता गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्