९ मंसिर २०८१ आइतबार
image/svg+xml

नक्कली सवारी दर्ता र शैक्षिक प्रमाणपत्र पेश गर्नेलाई मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भाडाका सवारी साधन दर्ता गर्दा नियम वीपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्‍याई दर्ता गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने दुईविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा प्रमाणपत्रको विवरण पेस गरी सरकारी जागिर खाएको आरोप लगाउँदै एक प्रहरी र एक शिक्षकविरुद्ध बिशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ।

सिंहदरवारको अधिकार गाउँमै पाउँदा घोर्थलीवासी दंग

गाउँमै नागरिकता प्रमाणपत्र १८ वर्षीय जिवा शेर्पा फुरुङ्ग थिए। स्थानीय विद्यालयमा १२ कक्षा पढ्ने उनले दुई वर्षअघि नै १६ वर्ष उमेर पूरा गरेपनि नागरिकता बनाउन सकेका थिएनन्। कारण थियो सदरमुकाम टाढा रहनु र खर्च अभाव हुनु।

ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि नियुक्त प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, जनवादी गणतन्त्र चीन, साउदी अरेबिया अधिराज्य र स्वेडेन अधिराज्यका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

नक्कली प्रमाणपत्रधारीलाई सफाइ

निजामती किताबखानाको उद्देश्यमा भनिएको छ, ‘सरकारका विभिन्न निकायलाई नीति निर्माणका लागि आवश्यक पर्ने कर्मचारीसम्बन्धी सूचना तथा तथ्यांक उपलब्ध गराउने।’ निजामतीतर्फका सम्पूर्ण कर्मचारीको अभिलेख अद्यावधिक राख्ने किताबखानाले कर्मचारीको नक्कली प्रमाणपत्र वा अन्य व्यक्तिगत विवरणबारे शंका उत्पन्न भएमा सम्बन्धित निकायलाई उपलब्ध गराउँदै आएको छ। तर, त्यस्तो जिम्मेवार निकायको हाकिम नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको प्रमाणित भएका व्यक्ति छन्।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा समेत गरिएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपरथीको प्रमाणपत्र नक्कली शंका

नेपाली सेनाका उपरथी अनुजबहादुर बस्न्यातको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली भएको शंकामा बढुवा रोकिएको छ । उपरथी बस्न्यातले सैनिक मुख्यालयमा सेवा प्रवेश गर्दा पेस गरेको शैक्षिक प्रमाणपत्र सम्बन्धमा उजुरी परेपछि छानबिन भइरहेको छ।

विपन्नलाई प्रमाणपत्र

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्नताको स्तर वर्गीकरणसँगै प्रमाणपत्र दिन थालेको छ। गाउँपालिकाले गरिबी निवारण कोषसँगको सहकार्यमा विभिन्न ५६ वटा सूचकलाई आधार बनाएर विपन्नताको स्तर वर्गीकरण गरेको हो।

नवनियुक्त अमेरिकी राजदूत बेरीद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी समझ आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

भूकम्पपछिको पुनर्निर्माण : घर बनाउनेलाई धमाधम सम्पन्न प्रमाणपत्र

सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले भूकम्पपछिको पुनर्निर्माण सकेका प्रभावितलाई आवास निर्माण सम्पन्न प्रमाणपत्र वितरण थालेको छ। वडा कार्यालयले मंगलबार एक कार्यक्रम गरी आवाशीय पुनर्निर्माण सकेका १ सय २८ भूकम्प प्रभावितलाई सम्पन्न प्रमाणपत्र वितरण गरेको हो।

प्रमाणपत्र कीर्ते गर्ने पक्राउ

नक्कली प्रमाणपत्र बनाएको आरोपमा जाजरकोटमा एक जना विद्यार्थी र कम्प्युटर संचालकलाइ प्रहरीले पक्राउ गरेको छ।

अर्यालले बुझाए ओहोदाको प्रमाणपत्र

जोर्डनका लागि गैरआवासीय नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्लाह द्वितीय इबान अल–हुसेनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बसमान दरबारमा आयोजित विशेष समारोहमा उनले जोर्डनका राजासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

न्यायाधीशहरुको शैक्षिक प्रमाणपत्र छानविन गर्न सकिँदैन् : सुनुवाइ समिति

संसदीय सुनुवाई विशेष समितिले न्यायाधीशहरुको शैक्षिक प्रमाणपत्र छानविन गर्न नसकिने स्पष्ट पारेको छ। प्रधानन्यायाधीशमा अस्वीकृत सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रको छानविन गर्न चुनौती दिएका बेला सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले न्यायाधीशहरुको शैक्षिक प्रमाणपत्रको विषयमा आफूहरुले छानबिन तथा कारबाही गर्न नसक्ने बताए।

हेर्नुहाेस् प्रस्तावित प्रधानन्याधीश जोशीका प्रमाणपत्र

संसदीय सुनुवाई विशेष समितिले कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशको रुपमा अनुमोदन गर्ने नगर्ने विषयमा निर्णय गर्ने भनिएकै दिन जोशीका सम्पूर्ण प्रमाणपत्रहरु नागरिकन्यूजले फेला पारेको छ ।

नक्सापास नगरी मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने

बुटवल उप–महानगरपालिकामा नक्सा पास नगरेका तर निर्माणका क्रममा मापदण्ड पूरा गरेका घरको अनुगमन गरी प्रमाणपत्र दिइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्