१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

संविधानविद्हरुको दाबीः महरा सभामुखमा पुनर्वहाली हुने सम्भावना छैन

संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन्।

अशोक राईको प्रधानमन्त्रीलाई प्रश्नः ‘संविधान संशोधन किन भएन ?’

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले दुई तिहाईको सरकार बनाउन आफ्नो पार्टीले संविधान संशोधनको शर्तसहित सरकारमा गएपनि त्यो कार्यान्वयन नभएकोमा असुन्तुष्टि जनाएका छन्।

संविधान संशोधन आवश्यक

कैयौं धारा र उपधारा छन्, जसलाई संशोधन र परिमार्जन गरी संविधानलाई सबै क्षेत्र, समूह, जाति, जनजातिको साझा दस्तावेज बनाउन आवश्यक छ। अनि मात्र यसले स्थायित्व पाउँछ।

अचम्मको मुलुक नेपाल

कैयौं नेपालीको अथक परिश्रम तथा हत्या/हिंसाबीच आएको नेपालको संविधान बालकै अवस्थामा छ । संविधान वयस्क हुन, थुप्रै चरण पार गर्नुपर्ने हुन्छ । थुप्रै आरोह–अवरोह भोग्नुपर्छ । अनि मात्र संविधानले खुट्टो टेक्छ । अहिल्यै अत्तालिहाल्नुपर्ने बेला आएको छैन । संविधान सधंै एकनास पनि हुँदैन । समयसँगै परिवर्तन पनि हुन्छ । यसपटक सरकारले काठमाडौंको टुँडिखेलमा संविधान दिवसको उपलक्ष्यमा भव्य कार्यक्रम ग¥यो । नेपालका विभिन्न जातजातिको प्रतिनिधित्व भएको यो कार्यक्रम हेर्दा पुरानो पञ्चायतकालकै झझल्को आयो । हुन त यस्ता कार्यक्रम जसले, जहिले गरे पनि उस्तै हुन्छ । राष्ट्रपतिलगायत प्रधानमन्त्रीको पनि उपस्थिति रहेको यो कार्यक्रम एकातिर सुन्दर थियो भने स्वयं ४ वर्षे बालकको स्वास्थ्य भने राम्रो देखिएको छैन ।

संविधानपछि बने १ सय ४१ कानुन

संविधानसभाबाट नयाँ संविधान जारी भएको चार वर्षमा रूपान्तरित संसद् र संघीय संसद्ले १ सय ४१ कानुन निर्माण गरेको छ । त्यसैगरी, केही नेपाल ऐन संशोधन विधेयकमार्फत ४ सय ३२ ऐन संशोधन भएका छन् । २०७४ फागुनपछि गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चारओटा संसद् अधिवेशनमा ५७ विधेयक पारित गरेको छ ।

संविधान दिवसः डेनमार्कबासी भन्छन्- एक पटक नेपाल गएर हेर्

डेनमार्कमा  पाँचाैं संविधान दिवस मनाइएको छ। कार्यक्रममा डेनमार्क स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि हरुका साथै डेनमार्कमा बस्ने नेपालीहरु, नेपालप्रति सद्भाव राख्ने धेरै डेनिस नागरिकको उपस्थिति थियो।

संविधान परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि मूर्छित सपनालाई जगाएको बताएका छन् । संविधान दिवस मनाउन शुक्रबार टुँडिखेलमा जम्मा भएका सर्वसाधारण र सरकारी कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘खै त रेल, खै त पानी जहाज ? कहाँ छ सुरुङ खनेको ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ– हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ? म विनम्रताका साथ स्विकार्छु– हो, मैले मूर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ, निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

जबरजस्ती खनिएका सडकले जताततै जाेखिम

संविधान घोषणासँगै स्थानीय तहमा जनप्रतिनिधि आए, बजेट आयो तर नियममा बस्न कसैले चाहेन। न जनप्रतिनिधिले कानुन माने न त कानुन कार्यान्वयन गर्ने निकायले कुनै चासो दिए। रोल्पाका स्थानीय तहअन्तर्गत टोलटोलमा रहेका दर्जनौं डोजरले दैनिक सडक खनिरहेका छन्। मापदण्ड मिचेर खनिएका अधिकतर ती सडकको स्तरमापनसमेत हुने गरेको छैन। स्थानीय सरकारले कतै पनि सडक खन्दा प्रारम्भिक वातावरणीय परीक्षण ‐आइइए) र वातावरणीय प्रभाव मूल्यांकन ‐इआइए) गरेका छैनन्।

सञ्चारमन्त्री बाँस्कोटा भन्छन्- साना दुःखले आर्जेको संविधान होइन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताएका छन्।

नुवाकाेटमा सात जनाको कैद मिनाहा

संविधान दिवस २०७६ को अवसरमा जिल्ला कारागार नुवाकोटमा कैद जीवन बिताइरहेका ७ जनाको कैद माफि मिनाहा गरिएको छ।

मधेसमा संविधान दिवसको रमझम

२०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवम् अपूर्ण रहेकाले संविधान जारी भएको दिन कुनै कार्यक्रममा सहभागी नहुने निर्णय भएको यादवले बताए। तर, प्रदेश २ को सिरहामा गाउँदेखि सहरसम्म संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

संविधान पुर्नलेखनको माग गर्दै बुटवलमा प्रदर्शन

संविधानमा धेरै त्रुटिहरु रहेको उल्लेख गर्दै उनले त्यसमा रहेका त्रुटिहरुलाई सच्याउन संसोधनले मात्रै नपुग्ने भएकोले पुनर्लेखनको आवस्यकता परेको बताए।

संविधान कार्यान्वयनमा केन्द्रित हुन आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

अन्धो र बहिरो सरकारले संविधान संशोधन गरेनः महेन्द्रराय यादव

राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले संविधान स्वीकार गर्न नसकिएको स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्